सोमबार, जेष्ठ ४,२०८३ 10:12:35
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:12:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व गर्न नेपाल रि र हिमालयन रि लाई भागवण्डा, चार–चार वर्षमा पालो पाउने

Laxmi Sunrise Bank Limited
वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व गर्न नेपाल रि र हिमालयन रि लाई भागवण्डा, चार–चार वर्षमा पालो पाउने
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल)सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ संशोधन गरेको छ । प्राधिकरणले समयसापेक्ष उक्त निर्देशिका संशोधन गर्न वाञ्छनीय भएको बताउँदै संशोधन गरेको हो ।  

संशोधित निर्देशिका बमोजिम अब दुई पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सले चार वर्षको लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्न पाउने व्यवस्था गरिएको छ ।  

यसअघि उक्त निर्देशिकामा पुनर्बीमा कम्पनीहरुले संयुक्त रुपमा कोष प्रबन्धकको रुपमा कार्य गर्ने व्यवस्था थियो । प्राधिकरणले अब दुई पुनर्बीमा कम्पनीलाई संयुक्त रुपमा नभई चार–चार वर्षको लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्न पाउनेछन् ।  

Bizshala
New Office
CG Motors

नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व चार वर्ष एउटा पुनर्बीमकले गर्नेछ भने त्यसपछि अर्को पुनर्बीमकले कोष प्रबन्धकको कार्य गर्न पाउनेछ । प्राधिकरणले सञ्चालनमा रहेको जम्मा दुईवटा पुनर्बीमा कम्पनीलाई वैदेशिक रोजगार बीमाको पुलको नेतृत्वको भागवण्डा लगाइदिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो निर्देशिका संशोधन हुनुअगाडि दुई पुनर्बीमकले संयुक्त रुपमा उक्त बीमाको कोष प्रबन्धकको कार्य गर्दै आएपनि प्राधिकरणले अब संशोधन गरेर पालैपालो नेतृत्व लिन भनेको हो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.