बिहीबार, श्रावण ८,२०८२ 02:19:48
  • बिहीबार, श्रावण ८,२०८२ 02:19:48
Global IME Bank Limited

पुनर्बीमा कम्पनीहरुको सेयरभाउ ५२ साताकै उच्च नजिक, लगातार भाउ बढ्नु के होला फण्डा ?

Hyundai Nepal
पुनर्बीमा कम्पनीहरुको सेयरभाउ ५२ साताकै उच्च नजिक, लगातार भाउ बढ्नु के होला फण्डा ?
Shivam Cement

काठमाण्डौ  । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनीको सेयर निकै चर्चामा छ । सेयरबजार बुलिस ट्रेन्डमा चल्न थालेपछि हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार हुने शीर्ष कम्पनीहरुको सूचीमा पर्न थालेको छ ।  

धितोपत्र बजार पूँजीकरणमा यी दुई पुनर्बीमा कम्पनीको ठूलो हिस्सा रहेको छ । नेपाल रि इन्स्योरेन्सको बजार पूँजीकरणमा ४.२८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको २.३६ प्रतिशत हिस्सा रहेको छ ।  

नेप्सेको फ्लोरसिटअनुसार आजसम्मको धितोपत्र बजार पूँजीकरण ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ रहेको छ । जसमा नेपाल रि इन्स्योरेन्सको मात्रै २ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १ खर्ब १७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

साथै, यी दुई कम्पनीको सेयरभाउ गत असार ३२ गतेदेखि लगातार ६ कारोबार दिन नै बढेको छ । हिमालयन रि र नेपाल रि को सेयरभाउ ५२ हप्ताकै हाई मूल्य नजिक पुगेको छ । नेपाल रि इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १५८६ रुपैयाँ रहेको छ । जसमा यो कम्पनीको ५२ हप्ताकै हाई प्राइस भने १५९१ रुपैयाँ छ । अब कम्पनीको सेयरभाउ ०.३२ प्रतिशतले मात्रै बढेपनि ५२ हप्ताकै हाई प्राइस ब्रेक गर्नेछ ।  

त्यस्तै, यता हिमालयन रि को सेयरभाउ पनि ७.४३ प्रतिशतले बढ्ने हो भने ५२ हप्ताकै हाई मूल्य ब्रेक गर्नेछ । कम्पनीको अन्तिम कारोबार मूल्य १०७६ रुपैयाँ रहेको छ । ५२ हप्ताकै हाई प्राइस भने ११५६ रुपैयाँ रहेको छ ।  

बजारमा यी दुई कम्पनीको सेयरभाउ विभिन्न फण्डाले बढ्दै गएको बुझिएको छ । विशेषगरी नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्याउने निर्णयले यी दुई रिइन्स्योरेन्सलाई पूँजी बृद्धि गर्न दबाब छ । प्राधिकरणले आगामी माघ महिनासम्म नेपाल रि र हिमालयन रि लाई २० अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । जसबमोजिम अब यी दुई कम्पनीले कसरी पूँजी जुटाउलान् भन्ने लगानीकर्तारुमा कौतुहलताको विषय पनि बनेको छ ।  

स्रोतका अनुसार हिमालयन रि ले हकप्रदमार्फत पूँजी बढाउने र अपुग पूँजी बराबरको बोनस सेयर जारी गर्ने फण्डा रहेको छ । यता नेपाल रि सरकारी स्वामित्वको कम्पनी भएकाले सरकारमार्फत नै केही पूँजी जुटाउने र केही प्रतिशत बोनस जारी गर्ने बजारमा हल्ला छ ।  

साथै नेपाल रि इन्स्योरेन्सले पूँजी अपुग भएमा हकप्रद पनि जारी गर्ने भन्ने लगानीकर्ताहरुमा चर्चा रहेको छ । दुई पुनर्बीमा कम्पनीको हकप्रद आउने हल्लाले अहिले दोस्रो बजारमा यी कम्पनीहरुको सेयरभाउ लगातार बढीरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.