सोमबार, श्रावण ११,२०८३ 11:08:06
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 11:08:06
Bizshala
Global IME Bank Limited

कमजोर नेतृत्वका कारण प्राधिकरणको कार्यशैलीमा सुस्तता, बीमकहरुको विजनेश रिपोर्ट सार्वजनिकमा ढिलाई

कमजोर नेतृत्वका कारण प्राधिकरणको कार्यशैलीमा सुस्तता, बीमकहरुको विजनेश रिपोर्ट सार्वजनिकमा ढिलाई
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नयाँ अध्यक्ष पाएपनि कार्यशैली तीव्र र प्रभावकारी बनाउन सकेको छैन । पछिल्लो समय प्राधिकरणको कार्यशैलीमा सुस्तता छाएको छ ।  

प्राधिकरणको कार्यशैली चुस्त दुरुस्त हुन नसक्दा बीमकहरुलाई अप्ठ्यारोमा पारेको देखिएको छ । प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझाको नेतृत्व कमजोर हुँदा प्राधिकरणबाट सार्वजनिक हुने रिर्पोटहरु पेन्डिङमा रहेका छन् ।  

प्राधिकरणले बीमकहरुको व्यवसायको रिर्पोट प्रत्येक महिना सकिएलगत्तै अर्को महिनाको पहिलो सातासम्म सार्वजनिक गर्दै आइरहेको छ । तर प्राधिकरणले चैत मसान्त अर्थात् चालु आवको तेस्रो त्रैमाससम्मको विजनेश रिर्पोट हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन ।  

यता जीवन बीमा कम्पनीहरुबाट प्रत्येक महिना हुने बीमा पोलिसी सरेण्डरको डाटा समेत प्राधिकरणले प्रकाशित गर्न नसक्दा बीमा विज्ञहरुले प्राधिकरणको कार्यशैलीमा नै प्रश्न उठाउन थालेका छन् ।  

बीमकहरुको चैत मसान्तसम्मको व्यवसाय रिर्पोट झण्डै तेस्रो सातासम्म पनि प्राधिकरणले प्रकाशित गरेको छैन । यसबाट बीमक, बीमित र सेयरधनीहरु सूचना प्राप्त गर्नबाट बञ्चित भएका छन् ।

यता प्राधिकरणले भने अर्थमन्त्रालयबाट भएको इकोनोमिक सर्भिसको कामले गर्दा केही कामहरु रोकिएर ढिलाई हुन पुगेको बताएको छ । उक्त कार्य सकिएर अब केही दिनमा नै बीमकहरुको व्यवसाय र सरेण्डरको तथ्याङ्क सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणमा शरद ओझा अध्यक्ष बनेसँगै प्राधिकरणको कार्यशैलीमा नै सुस्तता आएको बीमा कम्पनीहरुले गुनासो गर्न थालेका छन् । बीमा कम्पनीका पुनर्बीमाको फाइलहरु कार्यसम्पादनमा ढिलाई हुँदा अप्ठ्यारोमा परेको बीमकहरुको गुनासो छ ।  

साथै प्राधिकरणमा बीमा कम्पनीहरुको वित्तीय विवरण समेत स्वीकृत हुन ढिलाई हुन थालेको छ । वित्तीय विवरण स्वीकृत हुन नसक्दा बीमकहरुले लाभांश सम्बन्धी निर्णय घोषणा गर्न सकिरहेका छैनन् । हालसम्म १३ बीमा कम्पनीले मात्रै लाभांश सम्बन्धी निर्णय गरेका छन्, भने अझैपनि आधा बीमकले सो सम्बन्धी निर्णय गर्न बाँकी छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.