शुक्रबार, असार २७,२०८२ 07:45:48
  • शुक्रबार, असार २७,२०८२ 07:45:48
Global IME Bank Limited

अभिकर्ताको चर्को आलोचनापछि बीमा प्राधिकरणले हटायो यी दुई व्यवस्था

Hyundai Nepal
अभिकर्ताको चर्को आलोचनापछि बीमा प्राधिकरणले हटायो यी दुई व्यवस्था
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको पक्षममा सर्कुलर जारी गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुले बीमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाइएको जनाएको छ ।  

जसमा जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी तोक्ने व्यवस्था हटाएको छ ।  

साथै २८ गते पश्चात् गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने व्यवस्थालाई समेत हटाइएको प्राधिकरणले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि प्राधिकरणले गत साउन ३१ गते सबै जीवन बीमकहरुलाई बीमालेख जारी बारे पत्र लेख्दै सो व्यवस्था गरेको थियो । प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको चौतर्फी आलोचनापश्चात् यो व्यवस्था हटाएको हो ।  

यसअघि बीमा कम्पनीहरुले अभिकर्तालाई बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा समयसीमा तोक्ने गर्दथ्यो । यसले बीमा अभिकर्ताहरुमा छोटो समयमा तोकिएको बीमा गराई टार्गेट पुरा गर्नुपर्ने वा विजनेश ल्याउनुपर्ने एक खालको प्रेसर थियो ।  

यस्तो अवस्थाले बीमा अभिकर्ताहरुमा इन्सेन्टिभ पाउनका लागि बीमितहरुलाई आफ्नो क्षमताभन्दा बढी बीमा गराइदिने वा आर्थिक अवस्था नबुझि बीमा गराईदिने प्रवृृत्तिले बीमा क्षेत्रमा सरेण्डरदर बढ्दै गएको देखिन्छ । प्राधिकरणले बीमा अभिकर्ताहरुको चौतर्फी आलोचनापछि यो व्यवस्था हटाइएको हो । साथै यसले बीमा क्षेत्रमा बढ्दै गएको पोलिसी सरेण्डरदर घट्ने प्राधिकरणको अनुमान छ ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.