मंगलवार, जेष्ठ ५,२०८३ 03:25:04
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:25:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमकको रिस्क बेस्ड क्यापिटल र सोल्भेन्सि निर्देशिका जारी, यस्तो छ बोनस घोषणासम्बन्धी व्यवस्था

Laxmi Sunrise Bank Limited
बीमकको रिस्क बेस्ड क्यापिटल र सोल्भेन्सि निर्देशिका जारी, यस्तो छ बोनस घोषणासम्बन्धी व्यवस्था
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ‘रिस्क बेस्ड क्यापिटल र सोल्भेन्सि निर्देशिका, २०८२’ जारी गरेको छ । बीमा कम्पनीहरुले आफ्नो जोखिम पहिचान गरी सो अनुसारको पूँजी पर्याप्तता र स्तर कायम गरोस् भन्ने उद्देश्यका साथ प्राधिकरणले यो निर्देशिका जारी गरेको हो ।  

प्राधिकरणले २०७८ मा जोखिममा आधारित पूँजी तथा सोल्भेन्सि निर्देशिका जारी गरेको थियो । जसले नेपालको बीमा क्षेत्रलाई जोखिममा आधारित पूँजी प्रणाली ९आरबीसी फ्रेमवर्क०तर्फ लैजान आवश्यक कानूनी संरचना प्रदान गरेको छ ।  

प्राधिकरणका अनुसार यो निर्देशन बीमा बजारको वर्तमान अवस्था र त्यसलाई अघि बढाउने क्षमतालाई ध्यानमा राखेर बनाइएको छ ।  

Bizshala
New Office
CG Motors

बीमकको जोखिममा आधारित पूँजी  

जोखिममा आधारित पूँजी निर्देशिका बमोजिम बीमा कमपनीहरुसँग पर्याप्त र अवरोधरहित पूँजी स्रोत हुनुपर्ने र बीमकले आफ्नो जोखिमको प्रकृति, परिमाण र जटिलतालाई ध्यानमा राख्दै नियामकले तोकेको पूँजी कायम गर्नुपर्नेछ ।  

साथै बीमा कम्पनीको समग्र वित्तीय अवस्थामाथि सम्बन्धित महत्वपूर्ण जोखिमहरुको मूल्यांकन गर्दा टोटल ब्यालेन्स्ड सिट बमोजिम गरिनेछ । यसका साथै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको जोखिममा आधारित पूँजी आरबीसी फ्रेमवर्क बमोजिम प्रकोपजन्य तथा सञ्चालनजन्य जोखिमहरुका लागि पूँजी शुल्कहरु प्राधिकरणले तोकेबमोजिम हुनेछ ।  

प्रकोपजन्य जोखिमहरु अन्तर्गत, भूकम्प, बाढी, पहिरो, आँधीहुरी र असिना जस्ता जोखिमहरु पर्न आउछन् र यसलाई प्रकोप मोडलिङको आधारमा छुट्टै कम्पोनेन्ट्सको रुपमा जोखिममा आधारित पूँजी अन्तर्गत मूल्याङ्कन गरिनेछ ।  

बोनस सम्बन्धी घोषणा

जीवन बीमा कम्पनीहरुले बोनस घोषणा गर्नका लागि टेक्निकल रिजर्भ प्रयोग गर्न पाउनेछन् । तर बीमकहहरुले प्राधिकरणले तोकेको दायित्व र मार्जिन कायम गर्नुपर्नेछ । साथै बीमकहरुले कुनै खालको ट्रान्जेक्सनल प्रोभिजन बिना नै बोनस घोषणा गर्न पाउनेछन् ।  

साथै प्राधिकरणले बीमितहरुको लागि बोनस गणना बीमकको कोषहरुको आधारमा गर्नेछ । बीमकहरुको एक्चुरी भ्यालुएसपछिको बचत तथा कोषको आधारमा ट्रयान्जक्सनल प्रोभिजन गरेर बाँकी भएको कोषको आधारमा नै बीमितहरुको लागि बोनस तय हुने प्राधिकरणले जनाएको छ । तर बीमकहरुले नियुक्ति गरेको एक्चुरीले घोषणा गरेको बोनस भने दिगो हुनेपर्नेछ ।  

साथै बीमितहरुलाई प्रदान गर्ने बोनस रेट एक्चुरी भ्यालुएसनको रिर्पोट प्राधिकरणबाट स्वीकृत भएपछि प्रतिवेदन वर्षको पहिलो दिनदेखि लागू हुनेछ ।  

साथै बीमकहरुको नयाँ बोनसदर प्राधिकरणबाट स्वीकृत नभएसम्म अस्थायी बोनस नै कायम गर्नुपर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.