सोमबार, असार २,२०८२ 07:12:46
  • सोमबार, असार २,२०८२ 07:12:46
Global IME Bank Limited

बीमा कम्पनीहरुलाई नाफा बाँड्न सहज, ७ क्षेत्रमा लगानी गर्दा छोटो अवधिमै जोखिम व्यवस्था गर्न नपर्ने

Hyundai Nepal
बीमा कम्पनीहरुलाई नाफा बाँड्न सहज, ७ क्षेत्रमा लगानी गर्दा छोटो अवधिमै जोखिम व्यवस्था गर्न नपर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मुनाफा (लाभांश) वितरणमा सहज बनाई दिएको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को पहिलो संशोधन गरेको छ ।  

बीमा कम्पनीहरुले दीर्घकालिन लगानीका क्षेत्र जलविद्युत तथा सौर्य उर्जा, पर्यटन तथा वायुसेवा क्षेत्र, कृषि, केवलकार, शिक्षा तथा स्वास्थ्य, घरजग्गा व्यवसाय क्षेत्र र प्राइभेट इक्वीटी फण्ड र भेञ्चर क्यापिटल फण्डमा लगानी गरेको ५ वर्षसम्म सूचीकृत नभएको अवस्थामा मात्रै वितरणयोग्य मुनाफाबाट रकम घटाउनुपर्नेछ ।  

अर्थात् यस्ता क्षेत्रमा लगानी गरेको कम्पनी ५ वर्षसम्म नेप्सेमा सूचीकृत नभएमा मात्रै बीमा कम्पनीले वितरणयोग्य मुनाफा रकमबाट जोखिम व्यवस्था गर्नुपर्नेछ ।  

यसअघि प्राधिकरणले जारी गरेको बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को दफा १६ मा बीमकले सेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ३ वर्षसम्म धितोपत्र सम्बन्धी कानून बमोजिम सूचीकृत नभएमा बीमा कम्पनीले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था थियो ।  

अर्थात् उक्त क्षेत्रका कम्पनीहरुमा लगानी गर्दा बीमा कम्पनीहरुले तीनवर्षसम्म सूचीकृत नभएमा वितरणयोग्य रकमबाट जोखिम व्यवस्था गर्नुपर्ने प्रावधान थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणले बीमा कम्पनीको मुनाफा वितरणका लागि सहज बनाएर अहिले सो क्षेत्रका कम्पनीहरु ५ वर्षसम्म सूचीकृत नभएमा मात्रै जोखिम बहनका लागि वितरणयोग्य मुनाफाबाट रकम छुट्याउनुपर्ने प्रावधान ल्याएको छ ।

तुलनात्मक रुपमा हाइड्रो, पर्यटन, उर्जा, कृषि तथा शिक्षा र घरजग्गा व्यवसायमा लगानी गर्न जोखिमयुक्त मानिन्छ । बीमा कम्पनीहरुले यस्ता क्षेत्रमा विस्तारै लगानी समेत बढाइरहेको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म ११ वटा बीमा कम्पनीले जलविद्युत, पर्यटन तथा कृषि उत्पादन, केबलकार, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गरेका छन् । लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले यस्ता क्षेत्रमा कुल लगानीको १० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

साथै प्राधिकरणले गत पुष ५ गते लगानी निर्देशिका संशोधन मार्फत् बीमा कम्पनीहरुका लागि प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा समेत लगानी गर्ने बाटो खुला गरिदिएको छ ।  

लगानीसँगै मुनाफा वितरणमा प्राधिकरणले बीमा कम्पनीलाई सहज बनाएको छ । छोटो अवधिमै वितरणयोग्य मुनाफाबाट नोक्सानी जोखिमको व्यवस्था गनुपर्दा बीमा कम्पनीहरुले सेयरधनीलाई नाफा वितरण गर्न नसक्ने अवस्था थियो । उक्त निर्देशनपश्चात् बीमा कम्पनीहरुलाई थप २ वर्ष राहत मिलेको छ ।  

निर्देशन बमोजिम जोखिमयुक्त क्षेत्रका कम्पनीमा लगानी गर्दा सो कम्पनीहरु ५ वर्षसम्म सूचीकृत नभएमा मात्रै अब बीमा कम्पनीले लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.