बुधबार, जेष्ठ ६,२०८३ 10:51:37
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 10:51:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सम्पत्ति बीमा निर्देशिका संशोधन, हाइड्रो कम्पनीहरुका लागि बीमाशुल्क दर हेरफेर

Laxmi Sunrise Bank Limited
सम्पत्ति बीमा निर्देशिका संशोधन, हाइड्रो कम्पनीहरुका लागि बीमाशुल्क दर हेरफेर
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० संशोधन गरेको छ । प्राधिकरणले समयसापेक्ष संशोधन गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी सम्पत्ति बीमा निर्देशिका संशोधन गरेको हो ।  

प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० को अनुसूची १५ मा रहेको निर्देशन संशोधन गरेको छ । जसमा हाइड्रोपावर क्षेत्रको अनुसाङगिक क्षति ९कन्सिक्वेन्सियल लस० बीमा अन्तर्गत प्राधिकरणले बीमाशुल्क रकम हेरफेर गरेको छ ।  

यसका साथै यसअघिको निर्देशनबमोजिम हुलदंगा, आतंकवाद, द्धेषपूर्ण कार्य (प्रतिहजार)पुनर्बीमकको दररेट राखिएकोमा उक्त व्यवस्था प्राधिकरणले हटाएको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै प्राधिकरणले अनुसाङगिक क्षति बीमा अन्तर्गत बीमाशुल्क रकम समेत परिवर्तन गरेको छ । हाइड्रो कम्पनीहरुले कन्सिक्वेन्सियल लस बीमा अन्तर्गत तिर्ने बीमाशुल्क रकम घटेको छ ।  

यसअघि हाइड्रो कम्पनीहरुले ३ महिनासम्म सम्पत्ति बीमादरको १२५ प्रतिशत अर्थात् प्रतिहजार १ लाख १२ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा प्राधिकरणले घटाएर १ लाख रुपैयाँ कायम गरेको छ ।  

साथै ६ महिनासम्म सम्पत्ति बीमादरको २०० प्रतिशत अर्थात् प्रतिहजार बीमाशुल्क रकम १ लाख ७२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा अब १ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ९ महिना सम्म सम्पत्ति बीमादरको २५० प्रतिशत अर्थात् प्रतिहजार २ लाख २० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा अब २ लाख रुपैयाँ मात्रै भुक्तानी गुर्नपर्नेछ ।  

यसका साथै १२ महिना अर्थात् एक वर्षसम्म सम्पत्ति बीमादरको ३०० प्रतिशत अर्थात् प्रतिहजार बीमाशुल्क २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी २ लाख ४० हजार रुपैयाँ कायम गरेको छ ।  

प्राधिकरणले सम्पत्ति बीमा निर्देशन संशोधन गरेपश्चात् अब हाइड्रो कम्पनीहरुले अनुसाङगिक क्षति बीमा अन्तर्गत कुल बीमाशुल्क ३ महिनासम्म सम्पत्ति बीमादरको १२५ प्रतिशत अर्थात् ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।  

त्यस्तै, ६ महिनासम्म २०० प्रतिशत अर्थात ५ लाख ६० हजार, ९ महिनासम्म सम्पत्ति बीमादरको २५० प्रतिशत अर्थात् ६ लाख रुपैयाँ र १२ महिनासम्म सम्पत्ति बीमादरको ३०० प्रतिशत अर्थात् ६ लाख ४० हजार रुपैयाा कुल बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X