मंगलवार, जेष्ठ ५,२०८३ 11:59:37
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:59:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले जारी गर्‍यो दुर्घटना बीमा सम्बन्धी सर्कुलर,यस्ता छन् व्यवस्था

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले जारी गर्‍यो दुर्घटना बीमा सम्बन्धी सर्कुलर,यस्ता छन् व्यवस्था
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका लागि दुर्घटना बीमा सम्बन्धमा सर्कुलर जारी गरेको छ । प्राधिकरणले हाल कार्यन्वयनमा रहेको कृषि पशुपन्छी तथा जडिबुटी बीमालेखहरुमा भएको दुर्घटना बीमा सम्बन्धमा नयाँ व्यवस्था लागु गर्न सर्कुलर जारी गरेको हो ।  

जसअनुसार प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँबराबरको दुघर्टना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । दुर्घटना बीमाबापत बीमाशुल्क २ सय रुपैयाँ हुनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै एक वर्षभन्दा कम अवधिको लागि जारी हुने बीमालेखमा समेत दुर्घटना बीमाबापत पुरा बीमाशुल्क लाग्नेछ । एकभन्दा बढीपटक कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लिेन कृषकलाई दुर्घटना बीमा लिन अनिवार्य हुने छैन । तर ,दुर्घटना बीमाको अवधि समाप्त हुनु अगावै कृषकलाई जानकारी गराउने वि जम्मेवारी बीमकको हुने प्राधिकरणले जनाएको छ ।  

सामूहिक रुपमा गरिएको बीमाको हकमा बीमालेखमा आवद्ध प्रत्येक किसानको छुट्टाटुट्टै दुर्घटना बीमा गर्नुपर्नेछ ।  

यसैगरी दुर्घटना बीमाबापत लाग्ने बीमाशुल्कमा अनुदान उपलब्ध नहुने प्राधिकरणले उल्लेख गरेको छ ।  

बीमलेखमा उल्लेख गरिएको बीमा अवधिभित्र वा बढीमा एक वर्षभित्र देहाएको अवस्था सिर्जना भएमा दुर्घटना बीमाबापत बीमांक रकम बीमकले बीमितलाई भुक्तानी गर्नुपर्नेछ ः

–आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा,

–स्थायीपूर्ण अशक्तता भएमा,

–एक वा दुवै हातको नाडी देखि पूरै हात काम नलाग्ने भएमा,

–एक वा दुवै खुट्टाको गोलीगाठोँ देखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा,

–दुवै आँखाको दृष्टि गुमेमा 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X