मंगलवार, जेष्ठ ५,२०८३ 09:30:53
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:30:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हुलदङ्गाबाट भएको क्षतिमा झण्डै ५ करोडको बीमा दाबी, सबैभन्दा बढी सम्पत्ति र मोटर बीमामा

Laxmi Sunrise Bank Limited
हुलदङ्गाबाट भएको क्षतिमा झण्डै ५ करोडको बीमा दाबी, सबैभन्दा बढी सम्पत्ति र मोटर बीमामा
Shivam Cement

काठमाण्डौ । गत चैत १५ गते काठमाण्डौमा भएको हुलदङ्गाको कारणले भएको क्षतिबाट झण्डै ५ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार कुल ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।  

प्राधिकरणका अनुसार हालसम्म ०.०९ प्रतिशत मात्रै दाबी भुक्तानी भएको छ । ११ बीमा कम्पनीमा दाबी परेपनि हालसम्म शिखर इन्स्योरेन्सले मात्रै दाबी भुक्तानी दिएको छ । शिखरले ४५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी दिएको छ ।  

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार हुलदङ्गाको कारणले क्षति भएपछि कुल ४३ वटा दाबी परेको छ । जसमध्ये शिखर इन्स्योरेन्सले मात्रै ३ वटा दाबीको भुक्तानी दिइसकेको छ ।  

सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा कुल २ वटा बीमाको १ करोड २७ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमाको १ करोड १७ लाख ५० हजार, सगरमाथा लुम्बिनीमा ५ वटा बीमाको ६८ लाख ९१ हजार, नेको इन्स्योरेन्समा ४ वटा बीमाको ५२ लाख, दि ओरियन्टल इन्स्योरेन्समा एउटा बीमाको ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा ११ वटा बीमाको २० लाख ७५ हजार, हिमालयन एभरेष्टमा एउटा बीमाको १६ लाख ९७ हजार, आइजीआई प्रुडेन्सियलमा चारवटा बीमाको १४ लाख ६० हजार, शिखर इन्स्योरेन्समा ५ वटा बीमाको १३ लाख २५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा एउटा बीमाको ८ लाख ७१ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्समा एउटा बीमाको ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति सम्पत्ति बीमा र मोटर बीमामा भएको छ । बीमा कम्पनीहरुमा १६ वटा सम्पत्ति बीमाको कुल ३ करोड ११ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ ।  

त्यस्तै, २२ वटा सवारी साधन बराबरको कुल १ करोड २९ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा २ वटा सवारीको ४३ हजार ८८२ रुपैयाँ भुक्तानी भइसकेको छ ।  

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३ वटा बीमाको कुल ३७ लाख रुपैयाँको दाबी परेको छ भने विविध बीमा अन्तर्गत २ वटा बीमाको १० लाख रुपैयाँको बीमा दाबी परेकोमा एउटा दाबीको भुक्तानी गरिसकेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.