मंगलवार, जेष्ठ ५,२०८३ 07:29:20
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:29:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रु.६.५४ अर्बको बीमा पोलिसी सरेण्डर,नेपाल लाइफको सबैभन्दा धेरै

Laxmi Sunrise Bank Limited
रु.६.५४ अर्बको बीमा पोलिसी सरेण्डर,नेपाल लाइफको सबैभन्दा धेरै
Shivam Cement

काठमाण्डौ । पछिल्लो ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीका ५३ हजार बढी बीमा पोलिसी सरेण्डर भएका छन् । बीमा प्राधिकरणको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ६ अर्ब ५४ करोड ८८ लाख ८८ हजार रुपैयाँबराबरका ५३ हजार ११३ बीमा पोलिसी सरेण्डर भएका हुन् ।  

Bizshala
New Office
CG Motors

तथ्यांक अनुसार समीक्षा अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै बीमा पोलिसीहरु सरेण्डर भएका छन् । यो अवधिसम्म नेपाल लाइफको २ अर्ब ३४ करोड रुपैयाँ बढीको १५ हजार ४७ बीमा पोलिसी सरेण्डर भएका छन् ।  

त्यस्तै सबैभन्दा धेरै बीमा पोलिसी त्याग हुने कम्पनीमा लाइफ इ्रन्स्योरेन्स कम्पनी(नेपाल) दोस्रो स्थानमा रहेको छ । कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बढीको बीमा पोलिसीहरु सरेण्डर भएका छन् । यो अवधिमा राष्ट्रि बीमा संस्थानको ५८ करोड ५६ लाखबराबरको ६ हजार ६०८,नेशनल लाइफको हजार ३७,मेट लाइफको २ हजार ५६,एशियन लाइफको ४ हजार ९०० सिटिजन लाइफको १ हजार ९२,सूर्यज्योति लाइफको २ हजार ५२८ र हिमालयन लाइफको ४ हजार ६१५ बीमा पोलिसी सरेण्डर भएका छन् ।  

यो अवधिमा ५ वटा कम्पनीको एक हजारभन्दा कम बीमा पोलिसी सरेण्डर भएको छ । सन नेपाल लाइफको सबैभन्दा कम बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीको जम्मा ३०७ वटा पोलिसी सरेण्डर भएका छन् ।  

यसैगरी आइएमई लाइफको ६५४,रिलायबल नेपाल लाइफ ७८०,सानिमा लाइफ ८७५ र प्रभुलाइफको ४९० वटा पोलिसी सरेण्डर भएका छन् ।  

बीमा अभिकर्ताहरुले विभिन्न प्रलोभनमा पारेर बीमितको आर्थिक अवस्था नबुझीकनै पोलिसी खरिद गर्न लगाउने गरेको आरोप पहिले देखि लाग्दै आएको छ । जसका कारण बीमा गरेको केहि समयपछि बीमितहरु बीमाशुल्क भुक्तानी गर्न असमर्थ हुन्छन् र बीमा अवधि पुरा नहुदै बीचमै बीमा पोलिसी त्याग्न बाध्य हुन्छन् । 

 

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.