बुधबार, जेष्ठ ६,२०८३ 08:16:38
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 08:16:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा क्षेत्रमा ‘नेपाल वित्तीय प्रतिवेदन मान’ कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

Laxmi Sunrise Bank Limited
बीमा क्षेत्रमा ‘नेपाल वित्तीय प्रतिवेदन मान’ कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) सँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान(आईएफआरएस)बमोजिम नेपालको बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि भएका तयारी, आउन सक्ने समस्यार समाधानका उपाय लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गर्दै समस्या पहिचान गरी आ–आफ्नो भूमिका वर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने बताए ।

Bizshala
New Office
CG Motors

अध्यक्ष सिलवालले भने, ‘नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्टिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ, नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै व्दिविधा नराखी तोकिएको समयमैं कार्यान्वयनमा जानुपर्छ ।’

नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनमा बीमकहरूलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको उल्ल्ेख गर्दै अध्यक्ष सिलवालले भने, ‘नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनमा आउने समस्या क्रमिक रूपले समाधान गर्दै जानुपर्छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, बीमकहरूले लगानीकर्तालाई बुझाउनुपर्छ, एक्च्युरीको अभाव परिपूर्ति गर्न देशका विश्वविद्यालयमा एक्च्युरी विज्ञान अध्ययनको व्यवस्था मिलाउन सम्बद्ध सबैले पहल गर्नुपर्छ ।’

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) का अध्यक्ष सुजन कुमार काफ्लेले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि बीमा क्षेत्रमा स्रोत विकास र प्राविधिक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले बीमा क्षेत्रबाट गुणस्तरीय सेवा प्रवाह र गुणस्तरीय प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षण सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता औल्याए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणल ेबीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी गरी बीमकको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम हुनुपर्ने व्यवस्था गरेको र सोही बमोजिम बीमकहरूबाट वित्तीय विवरण तयार भई प्राधिकरणमा पेश हुँदै आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्र नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्लेले बीमकहरूको वित्तीय विवरण, लेखा तथा लेखापरीक्षण सम्बन्धी र आईक्यानका तर्फबाट वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरूण राउतले इन्स्योरेन्स कन्ट्याक्ट एनएफआरएस १७ सम्बन्धी छुट्टा छुट्टै प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा लेखाप्रमुख र लेखापरीक्षकहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X