मंगलवार, जेष्ठ ५,२०८३ 09:34:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:34:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस, ओझा र पूडासैनीमध्ये एकजना बन्ने सम्भावना उच्च

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस, ओझा र पूडासैनीमध्ये एकजना बन्ने सम्भावना उच्च
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । अध्यक्ष पदपूर्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले शरद ओझा, रामशरण पूडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।  

Bizshala
New Office
CG Motors

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले फागुन ४ गते आवेदकमध्येहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेका आवेदकमध्ये कमलप्रसाद रेग्मी र चिरञ्जिवी चापागाई अन्तिम ३ को सूचीमा अटाउन सकेनन् ।  

सर्टलिस्टमा परेका ५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि गत फागुन १० गते बोलाइएको थियो । सोही आधारमा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम अन्तिम चरणको छनौटका लागि सिफारिस भएको हो ।  

मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ । यही बैठकले यी ३ मध्ये १ जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सक्ने सम्भावना उच्च रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

को–को पर्लान् ३ जनाभित्र ?

उच्च स्रोतहरुका अनुसार कर्मकाण्डको रुपमा मात्र कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता राखिएको थियो । अन्तिम चरणको छनौटका लागि ३ जनाको नाम यसअघिनै तय भएको स्रोतको दाबी छ ।  

यी तीनमध्ये एमालेको तर्फबाट रामशरण पूडासैनी अध्यक्ष बन्ने सम्भावित पात्र हुन् भने कांग्रेसकोतर्फबाट शरद ओझा सम्भावित पात्र हुन् । पूडासैनी अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् भने ओझा चाहि पेशाले पत्रकार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाका पुरोहितका छोरा हुन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.