सोमबार, असार २,२०८२ 04:47:43
  • सोमबार, असार २,२०८२ 04:47:43
Global IME Bank Limited

ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता

Hyundai Nepal
ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । द ब्रिटिस कलेज(टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ ।  

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो ।

सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रुप दिएका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहकार्यसँगै टीबीसीका विद्यार्थीहरुले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन् । यो साझेदारीसँगै टीबीसीको विद्यार्थीहरुका लागि यो एउटा सुवर्ण मौका बनेको छ, जसअन्तर्गत विद्यार्थीहरुले दोस्रो वर्षदेखि सेनेकामा ‘क्रेडिट ट्रान्सफर’को सुविधा प्राप्त गर्नेछन् ।

औपचारिक रुपमा सहकार्यको सम्झौता भएपछि उत्साह प्रकट गर्दै ब्रिटिस कलेजका सीईओ कँडेलले भने, ‘विद्यार्थीहरुलाई विश्वस्तरिय शिक्षा र विश्वव्यापी अवसरहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग यो सहकार्य पूर्ण रुपमा मेल खाएको छ । उत्कृष्टता र नवीनताका लागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीको लागि यो एउटा ऐतिहासिक साझेदारी हो ।’

सेनेका कलेज विविध र समावेशी सिकाई वातावरणका लागि विश्वभर प्रख्यात छ । अन्र्तराष्ट्रिय सम्बन्धहरुलाई विस्तार गर्न र टीबीसीका विद्यार्थीहरुलाई विश्वव्यापी सफलताको मार्ग प्रशस्त गर्न सहकार्य महत्वपूर्ण छ ।  

यस्तै, सम्झौताले विद्यार्थीहरुलाई क्यानडाको जीवन्त संस्कृति र विश्वस्तरिय शिक्षा प्रणालीको लागि एक्पोजर प्रदान गर्नुको साथै दुई संस्थाहरुबीचको सम्बन्धलाई बलियो बनाउने र सांस्कृतिक आदान–प्रदानसँगै अनुसन्धान तथा विकासलाई समेत बढावा दिने कलेजको विश्वास छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.