मंगलवार, जेष्ठ ५,२०८३ 04:37:48
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:37:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्फोडेभलपर्सले ल्यायो ‘अब टप अपमा उपहार’ योजना, स्मार्ट टिभी र अन्य आकर्षक उपहार जित्ने मौका

Laxmi Sunrise Bank Limited
इन्फोडेभलपर्सले ल्यायो ‘अब टप अपमा उपहार’ योजना, स्मार्ट टिभी र अन्य आकर्षक उपहार जित्ने मौका
Shivam Cement

काठमाण्डौ । इन्फोडेभलपर्सले ‘अब टप अपमा उपहार’ योजना सुरु गरेको छ । कम्पनीले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत  यो योजना सुरु गरेको हो ।  

यस  योजना अन्तर्गत सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी र लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन्।

Bizshala
New Office
CG Motors

यस योजनाअन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी र थप उपहारमा नोइज ब्रान्डको एअरबड्स , खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट–ब्यान्ड्सको व्यवस्था गरिएको छ ।  

यो योजना ३१ चैत्रमा समाप्त हुनेछ। यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली( मोबाइल बैंकिङ्गको फेसबुक पेज मार्फत घोषणा गरिने कम्पनीले जनाएको छ।

यस योजनाबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ । यसका साथै सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ्गप्रमुख विदित वाग्ले ले बताए।

त्यसैगरी,यो योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ्ग एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ्ग एपको प्रयोगमा वृद्धि हुने अपेक्षा कम्पनीका बजार प्रमुख रेशम भण्डारी ले बताए।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग एप तथा स्वचालित कार्यालय सञ्चालन प्रणालि विकास गर्ने फिनटेक कम्पनी हो। नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था र सहकारी लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिदैँ आएको इन्फोडेभलपर्समा  हाल ३५० बढी कर्मचारीहरुले काम गरिरहेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.