सोमबार, असार २,२०८२ 01:10:37
  • सोमबार, असार २,२०८२ 01:10:37
Global IME Bank Limited

बरुण हाईड्रोपावर ४.९२ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

Hyundai Nepal
बरुण हाईड्रोपावर ४.९२ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
Nabil Bank Limited

काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको खुद विद्युत बिक्री आम्दानी शुन्य रहेको छ । कम्पनीको हेवाखोला साना जलविद्युत आयोजना स्थल असार २ गतेको बाढीले पूर्ण रुपमा क्षतिग्रस्त अवस्थामा रहेकाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गर्न सकेको छैन । यो त्रैमाससम्म कम्पनीले ८ लाख ६५ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ८४ लाख ४ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम(हकप्रद) शीर्षक अन्तर्गत ४ करोड ३७ लाख रुपैयाँ सञ्चित गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ६६ लाख र कुल चालु दायित्व १ करोड ७४ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.२७ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर नेटवर्थ १०२.४१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १९.४८ गुणा ऋणात्मक र तरलता अनुपात ६.६९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.