सोमबार, जेष्ठ ४,२०८३ 09:15:23
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:15:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

Laxmi Sunrise Bank Limited
रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग
Shivam Cement

काठमाण्डौ । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानीमा बनाउने गरि आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् ।

 

सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित(बसुन्धरा देखि धोबिखोला) सम्म नेपालकै लगानिमा बनाउने गरि काम थाल्न माग गरेका हुन् ।

रिङरोड बिस्तारको दोश्रो खण्ड (कलंकी देखि बसुन्धारा) सममको काम नेपालले गरिरहेको र चिन पक्षबाट हालसम्म पनि कामको प्रक्रिया शुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिश्चित बनेको पौडेलले बताए ।

धुलाम्मे साघुरो सडकका कारण सर्वसाधरणले सास्ती खेप्नुपर्ने भएकोले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिश्चित कालसम्म पर्खन नसकिने उनको भनाइ थियो । चिन पक्षबाट दोश्रो खण्डकै काम हालसम्म पनि शुरु नभएकोले नेपालकै लगानिमा तेस्रो खण्ड अण्डरपाससहित (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तारका लागि बजेट छुट्याउन माग गरेको नेता पौडेलले बताए ।

पौडेललेकाठमाण्डौको यातायात ब्यबस्था सहज बनाउन महत्वपुर्ण मानिएको बिष्णुमति करिडोरलाइ नमुना करिडोरको रुपमा विकास गरि बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराउन माग गरेका छन् ।  

Bizshala
New Office
CG Motors

त्यसैगरि, उनले शहीद गङ्गालाल राष्ट्रीय ह्रदय केन्द्रलाइ चिकित्सा विषय पठनपाठनको केन्द्र बनाउन पनि माग गरेका छन् ।

पौडेलले काठमाण्डौको टुकुचा खोलामा ढल व्यवस्थित गरि प्रदुषणमुक्त बनाउन, त्यसैगरि कान्ति बाल अस्पताललाइ सुबिधासम्पन्न बाल अस्पतालको रुपमा विकास गर्न बजेट व्यबस्थापनको माग समेत गरेका छन् ।

पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाइ बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

नेता पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आगामी बजेटमा समाबेश गर्नुपर्ने बहुवर्षिय योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.