मंगलवार, जेष्ठ ५,२०८३ 10:42:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:42:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस

Laxmi Sunrise Bank Limited
नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस
Shivam Cement

काठमाण्डौ । नेपालमा पहिलो पटक जेठ ७ गते १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ।

मानव संसाधन समाजको आयोजनामा जेठ ७ गते  नेपालमा पहिलोपटक विश्व मानव संसाधन दिवस ‘एचआर शेपिङ द न्यूफ्युचर’ भन्ने नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइएको हो । पैदल यात्राको मुख्य उदेश्य आफू स्वस्थ रहनु अरुलाई स्वस्थ राख्न अभिप्रेरित गर्नु र आफू कार्यरत प्रतिष्ठानहरुका सबै कर्मचारीहरुलाई स्वस्थ रहन अभिप्रेरित गर्नु रहेको आयोजकले जनाएको छ ।  

पैदल र्याली नेपाल राष्ट्र बैंक बालुवाटारबाट सुरु भई भाट भटेनी, पुलिस हेडक्वाटर गैरिधारा चोक हुँदै पुनःबालुवाटार नेपाल राष्ट्र बैक चोक अगाडि  आएर कोण सभा गरी समापन भएको थियो । प्रतिष्ठानका कर्मचारीहरु स्वस्थ रहेमा मात्र प्रतिष्ठान स्वस्थ रहने भएकोले मानव संसाधन समाज नेपालले विश्व मानव संसाधन दिवसको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना गरेको हो।

सम्मेलनमा २०० भन्दा बढी विभिन्न प्रतिष्ठानहरुमा कार्यरत मानव संसाधन क्षेत्रका विज्ञहरुको उपस्थित रहेको थियो।

मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा मे २० मा हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आइरहेका छन्।

Bizshala
New Office
CG Motors

मानव संसाधन समाज नेपाल(एचआरएसएन) गैरनाफामुलक सामाजिक संस्था हो । जुन सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरूद्वारा स्थापित गरिएको संस्था हो। यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षको रूपमा सुदृढ र सशक्त बढाउनुका साथै मानव संसाधन क्षेत्रका विज्ञहरूको विज्ञतालाई अझ अभिबृद्धि गर्दै निरन्तर रुपमा यसको दायरा बढाउँदै बढाउँदै लैजाने उदेश्य लिएको छ।  

मानव संसाधन समाज नेपालको प्रादेशीक च्याप्टर बाहेक, आफ्नो अन्तर्राष्ट्रिय सम्बद्धता भारतको (एनएचआरडीएन)सँग रहेको छ। मानव संसाधन समाज नेपालले मासिकरुपमा नलेज शेयरीङ शेसन,तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X