सोमबार, असार २,२०८२ 08:59:39
  • सोमबार, असार २,२०८२ 08:59:39
Global IME Bank Limited

बोटलर्स नेपाल(तराई)ले आर्जन गर्यो २६.१४ करोड नाफा,ईपीएस रु.२८८

Hyundai Nepal
बोटलर्स नेपाल(तराई)ले आर्जन गर्यो २६.१४ करोड नाफा,ईपीएस रु.२८८
Nabil Bank Limited

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको  थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.०१ प्रतिशतले कम हो ।  

कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ११.१७ प्रतिशतले बढ्दै ३ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) २८८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ र पीई अनुपात ४४ गुणा कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.