आईतवार, जेष्ठ ३,२०८३ 03:49:50
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:49:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एआईले सबैको रोजगारी खोस्नेछ र यो चिन्ताको विषय होइनः एलन मस्क

Laxmi Sunrise Bank Limited
एआईले सबैको रोजगारी खोस्नेछ र यो चिन्ताको विषय होइनः एलन मस्क
Shivam Cement

काठमाण्डौ । अमेरिकी धनाढ्य तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले कृत्रिम बौदिकता(एआई)ले मानिसको सबै रोजगारी खोस्ने र यो चिन्ताको विषय नभएको बताएका छन् । मस्कले बिहिबार एआईसम्बन्धी प्रविधि सम्मेलनमा यस्तो बताएका हुन् ।  

पेरिसमा भएको ‘भिभाटेक २०२४’मा वेवक्याममार्फत बोल्दै मस्कले भविष्यमा कामहरु वैकल्पिक हुने बताएका छन् । ‘भविष्यमा सायद हामी कसैसँग पनि काम हुने छैन । यदि तपाई काम गर्न चाहनुहुन्छ भने त्यो केवल रुची(हबी) मात्रै हुनेछ । अन्यथा एआई र रोबोटले तपाईले चाहेका सबै वस्तु र सेवाहरु उपलब्ध गराउनेछ,’ मस्कले भने ।  

तर यो अवस्थामा काम गर्नका लागि भने विश्वभर उच्च आम्दानी हुन आवश्यक भएको मस्कले बताए ।  

पछिल्लो समय एआईको क्षमता तीव्र गतिमा  वृद्धि भईरहेको छ । एआईको यो छलाङले नियामक, कम्पनी तथा उपभोक्ताहरुलाई जिम्मेवारपूर्ण रुपमा कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने अन्यौला सिर्जना गरिदिएको छ । एआईको बढ्दो प्रभावले विश्वभरका उद्योग र रोजगार क्षेत्रलाई कस्तो प्रभाव पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ ।  

Bizshala
New Office
CG Motors

गत जनवरी महिनामा एमआईटीका अनुसन्धानकर्ताहरुले वर्कप्लेसहरुले एआईको प्रयोग अपेक्षा गरिएभन्दा सुस्त दरमा अपनाईरहेको रिपोर्ट सार्वजनिक गरेका थिए । उक्त रिपोर्टमा एआईले प्रभाव पार्न सक्ने भनिएका सम्भावित कामहरु रोजगारदाताहरुका लागि आर्थिक रुपमा फाइदाजनक नभएको जनाइएको थियो ।  

विज्ञहरुले पनि उच्च भावनायुक्त बौदिकता र मानव अन्तरक्रिया आवश्यक पर्ने कामहरुलाई एआईले प्रतिस्थापन गर्न नसक्ने दाबी गरेका छन् । मानसिक स्वास्थ्य विज्ञ,सिर्जनात्मक कार्य र शिक्षकहरुको काम एआईले प्रतिस्थापन गर्न नसक्ने विज्ञहरुले बताएका छन् ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.