बुधबार, जेष्ठ ६,२०८३ 11:49:45
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 11:49:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१.३० लाख ऋणीले लिए सहुलियतपूर्ण कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?

Laxmi Sunrise Bank Limited
१.३० लाख ऋणीले लिए सहुलियतपूर्ण कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालु आर्थिक वर्षको फागुनसम्म सबै चुक्ता भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको फागुनसम्ममा १ लाख ३० हजार ८४४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।  

सो मध्ये फागुनसम्म  वाणिज्य बैंकको १ लाख ११ हजार ६३८ ऋणीलाई प्रवाह भएको १ खर्ब २९ अर्ब ८९ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ ।  

त्यैगरी विकास बैंकको १७ हजार ३४८ ऋणीलाई १७ अर्ब १४ करोड,वित्त कम्पनीको १ हजार ७७९ ऋणीलाई २ अर्ब २१ करोड र लघुवित्तको वित्तीय संस्थाको ७९ ऋणीलाई ५ करोड ११ लाख सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ ।  

फागुनसम्म प्रवाहित सहुलियतपूण कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्क्षीतर्फ १ खर्ब ७७ करोड कर्जा लगानीमा रहेको छ । महिला उद्यमशील कर्जा अन्तर्गत महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४८ करोड कर्जा लगानीमा रहेको छ ।  

त्यसैगरी सहुलियतपूण कर्जाका अन्य शीर्षक अन्तर्गत २ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।  

Bizshala
New Office
CG Motors

कोभिड १९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउने ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा फागुन मसान्तसम्म १ करोड ५१ लाख लगानीमा रहेको छ ।  

कुन क्षेत्रमा कति ?

वाणिज्य बैंकले असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा,६.५ प्रतिशत उर्जा क्षेत्रमा र ११ प्रतिशत लघु घरेलु,साना एंव मझौला उद्यमको क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुरुप फागुनसम्म कृषि क्षेत्रमा १३.३ प्रतिशत(५ खर्ब ७६ अर्ब),उर्जा क्षेत्रमा ७.५ प्रतिशत(३ खर्ब २८ अर्ब) घरेलु,साना एंव मझौला उद्यमको क्षेत्रमा ९.५ प्रतिशत(४ खर्ब ११ अर्ब) कर्जा लगानी रहेको छ ।  

विकास बैंकको असार मसान्तसम्म कुल कर्जाको १६ प्रतिशत कर्जा कृषि,घरेलु,साना उद्यम÷व्यवसाय,उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गुर्नपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुरुप फागुनसम्म ती क्षेत्रमा औसत २६ प्रतिशत(१ खर्ब २२ अर्ब २५ करोड)कर्जा लगानीमा रहेको छ ।  

त्यसैगरी वित्त कम्पनीले २०८१ असारसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि,घरेलु तथा साना उद्यम÷व्यवसाय,उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गुर्नपर्ने व्यवस्था रहेकोमा फागुनसम्म ती क्षेत्रमा औसत २०.९ प्रतिशत(१९ अर्ब २० करोडं)कर्जा लगानीमा रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X