मंगलवार, जेष्ठ ५,२०८३ 02:17:42
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:17:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै

Laxmi Sunrise Bank Limited
कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायल एशिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।  

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरायल एशिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे ।

नेपाल इजरायल चेम्बरबीच भएको सम्झौताअनुसार आफ्ना सदस्यहरुको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्वन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपुर्ण सम्वन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।  

Bizshala
New Office
CG Motors

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरायल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने सहमति बनेको छ ।’

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, । ’

यस्तै नेपाल र इजरायलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.