सोमबार, जेष्ठ ४,२०८३ 11:24:18
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:24:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो

Laxmi Sunrise Bank Limited
भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो
Shivam Cement

काठमाण्डौ । भारतीय सेयर बजार क्र्यास भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)ले एक्लैले बहुमत ल्याउने सम्भावना नदेखिएपछि भारतको सेयर बजार क्र्यास भएको हो ।  

आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ५ हजारभन्दा बढीको गिरावट देखिएको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ७२ हजार विन्दु तल आएको छ ।  

त्यस्तै निफ्टी ५० पनि १९ सय अंकलेको गिरावटका साथ २१ हजार ३७० विन्दुमा सीमित बनेको छ ।  

भारतीय सेयर बजारको यो गिरावट सन् २०२० अर्थात कोरोना महारी पछिकै सबैभन्दा धेरै हो । कोरोना कालमा भारतको सेयर बजार १३.१५ प्रतिशतले घटेको थियो । सन् २०२० को २२ मार्चमा सेन्सेक्स इ न्डेक्स २९ हजार ९१२ विन्दुमा थियो र २३ मार्चमा ३ हजार ९३४ अंकले घटेर २५ हजार ९८१ विन्दुमा झरेको थियो ।  

Bizshala
New Office
CG Motors

लोकसभा निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म सत्ताधारी पार्टी बिजेपीको गठबन्धन ‘नेशनल डेमानेक्रेटिक एलाइन्स’३०० स्थानमा अघि रहेको छ । संसदमा बहुमतका लागि न्यूनतम २७२ सीट आवश्यक पर्छ र बिजेपी एक्लैले भने यो ल्याउने सम्भावना देखिएको छैन ।  

आज भारतको सेयर बजारको सबै सेक्टरमा रातो पोतिएको छ । बैंकहरुको सेयरमूल्य ७.८ प्रतिशतले घटेको छ भने पूर्वाधार ९.१,तेल र ग्यास स्टकको ११.७,सरकारी स्वामित्वका बैंक र कम्पनीको क्रमश १७  र १६ प्रतिशतले सेयरमूल्यमा गिरावट आएको छ ।  

निफ्टी ५० मा कारोबार हुने कम्पनीहरुमध्ये गौतम अडाणीको कम्पनी अडाणी पोर्टको सेयरमूल्य सर्वाधिक खस्किएको छ । यो कम्पनीको सेयरमूल्य हालसम्म १९ प्रतिशतले ओरालो लागिसकेको छ । अन्तिम नतिजा आउँदासम्म चुनावी नतिजामा फेरबदल हुन सक्ने भयका कारण लगानीकर्ता त्रसित बन्दा सेयर बजारमा तीव्र गिरावट देखिएको भारतीय विज्ञहरुले बताएका छन् । बिजेपीले बहुमत ल्याउने सम्भावनाका बीच विगत केहि महिनादेखि भारतीय सेयर  बजार निरन्तर उकालो यात्रामा थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.