मंगलवार, असार ३,२०८२ 08:34:53
  • मंगलवार, असार ३,२०८२ 08:34:53
Global IME Bank Limited

विश्वकपको नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने, प्रवेश निःशुल्क

Hyundai Nepal
विश्वकपको नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने, प्रवेश निःशुल्क
Nabil Bank Limited

काठमाण्डौ । आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।

खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ । जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सञ्चालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टलहरू पनि उपलब्ध हुनेछ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अवीस्मरणीय क्षण प्रदान गर्नेछ । उनका अनुसार  कम्तिमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भइ नेपाली क्रिकेट टोलीलाई हौसला दिनेछन् । उनले नेपाली खेल प्रेमीहरुलाई यो कार्यक्रम गौरवका साथ मनाउन आग्रह गरेका छन् ।  

निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ। नेपालको टि–२० विश्वकप २०२४ अन्तर्गतको यस पहिलो खेल आज राती ९ः१५ बजे देखि सुरु हुनेछ । नेपालले एक दशकपछि टि–२० विश्वकपमा भाग लिँदैछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.