सोमबार, असार २,२०८२ 02:38:34
  • सोमबार, असार २,२०८२ 02:38:34
Global IME Bank Limited

कोलम्बियाद्वारा इजरायलमा कोइला निर्यात गर्न रोक

Hyundai Nepal
कोलम्बियाद्वारा इजरायलमा कोइला निर्यात गर्न रोक
Nabil Bank Limited

काठमाण्डौ । कोलम्बियाले इजरायलयलाई कोईला नियार्तमा रोक लगाएको छ । शनिबार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले इजरायलमा गर्दै आएको कोइला निर्यातमा रोक लगाइएको बताएका हुन् ।  

कोलम्बिया इजरायललाई कोइला आपूर्ति गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । इजरायलले गाजामाथि गरेको आक्रमणका कारण कोलम्बियाले कोइला निर्यातमा रोक लगाएको र यो निर्णय ५ दिनपछि कार्यान्वयनमा आउने जनाइएको छ ।  

इजरायलले हात हतियार र अन्य सैनिक सामाग्री बनाउनका लागि उर्जाको स्रोतको रुपमा कोइलालाई प्रयोग गर्दै आईरहेको छ । इजरायल आफ्नो कुल विद्युत उत्पादनको २० प्रतिशत कोइलामा निर्भर रहँदै आईरहेको छ ।    

वामपन्थी धारका पेट्रोले गत मे महिनामा इजरायलसँगेको कुटनैतिक सम्बन्ध तोड्दै प्रधानमन्त्री बेन्जामिन नेतान्हुको चर्को आलोचना गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शनिबार राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै गाजामा इजरायलले नरसंहार बन्द नगरेसम्मका लागि कोइला आपूर्ति बन्द गरिने लेखेका छन् । उनले यो आक्रमणमा प्यालेस्टीनीहरुले ज्यान गुमाईरहेको बताएका छन् ।  

इजरायलले भने यो आरोपको खण्डन गरेको छ ।  

सरकारले इजरायलमाथि कोइला नियार्तमा रोक लगाउने निर्णयको त्यहाँका निजी खानी संगठनहरुले भने विरोध गरेका छन् । उनीहरुले सरकारको यस्तो निर्णयले अन्तराष्ट्रिय सम्झौताको उल्लंघन हुने र बजारको आत्मविश्वास र वैदेशिक लगानी जोखिममा पर्ने चेतावनी दिएका छन् ।  

कोलम्बिया विश्वको ५ औं ठूलो कोइला उत्पादक देश हो । कोलम्बियाले गत वर्ष ५६.७  मिलयन मेट्रिक टन कोइला विदेश निर्यात गरेको थियो । जसमध्ये ३ मिलियन टन इजरायलमा निर्यात भएको थियो । जुन कुल निर्यातको ५.४ प्रतिशत हुन आउँछ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.