सोमबार, असार २,२०८२ 02:10:13
  • सोमबार, असार २,२०८२ 02:10:13
Global IME Bank Limited

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय

Hyundai Nepal
युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने भएको छ । युरोपेली नेताहरुले चिनियाँ अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा ३८ प्रतिशतको भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  

यो नयाँ भन्सार शुल्क आगामी जुलाई ४ देखि लागू हुनेछ । ईयुले चीनबाट सरकारी अनुदानमा निर्माण भईरहेका सस्ता कारहरु युरोपमा भित्राईरहेको विषयमा अनुसन्धान जारी राखेकै बेला यस्तो निर्णय सार्वजनिक भएको हो । चीनले ईयको यो निर्णयले अन्तराष्ट्रिय व्यापारको कानून उल्लंघन गरेको भन्दै भन्सार शृुल्क बढाउने निर्णयलाई सुरक्षावादको संज्ञा दिएको छ ।  

ईयुले गत अक्टोबर महिनादेखि सञ्चनालन गरिरहेको अनुसन्धानमा सहकार्य गरिरहेका ईभी निर्माताहरुलाई २१ प्रतिशत र अनुसन्धानमा सहयोग गर्न असमति जनाएका निर्माताहरुलाई भने ३८.१ प्रतिशतको भारी भन्सार शुल्क निर्धारण गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै बीवाईडीले १७.४ प्रतिशत,गिलीले २० प्रतिशत र एसएआईसीले ३८.१ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ । चीनमा ईभी कार उत्पादन गरिरहेका बीएमडब्लु जस्ता क्गैर–चिनियाँ कम्पनीहरु पनि ईयुको यो निर्णयबाट प्रभावत हुने भएका छन् ।  

टेस्लाले भने विशेष आग्रहका आधारमा व्यक्तिगत मापन गरिएको शुल्क तिर्ने ईयुले जनाएको छ । ईयुको यो निर्णयको चीनले मात्रै नभई युरोपकै नेता तथा अटो उद्योगसँग सम्बन्धित व्यक्तिहरुले आलोचना गरिरहेका छन् ।   -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.