मंगलवार, जेष्ठ ५,२०८३ 02:40:50
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:40:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीको व्यवसायमा सामान्य सुधार, प्रिमियम संकलनमा शिखर इन्स्योरेन्स नम्बर वान

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीको व्यवसायमा सामान्य सुधार, प्रिमियम संकलनमा शिखर इन्स्योरेन्स नम्बर वान
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ०.३६ प्रतिशतले मात्रै व्यवसाय बढाएका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत वर्षको तुलनामा १३ करोड ११ लाख रुपैयाँ मात्रै बढी हो । गत वर्षको यसै अवधिसम्म निर्जीवन बीमकहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । 

१४ मध्ये ४ वटा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा खस्किएको छ भने बाँकी १० वटा कम्पनीले व्यवसाय बढाएका छन् । जेठ महिनासम्ममा शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी सर्वाधिक व्यवसाय भित्र्याउने कम्पनी बनेको छ । कम्पनीले मर्जरमा गएका कम्पनीलाई समेत पछि पार्र्दै सबैभन्दा धेरै व्यवसाय भित्र्याएको हो । त्यस्तै, दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ३ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम संकलन गरी तेस्रो स्थान ओगटेको छ । 

यसका साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २३ करोड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २१ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ३८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब २१ करोड, दि ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा भने सर्वाधिक दि ओरियण्टल इन्स्योरेन्सले व्यवसाय बढाएको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीले गत आवको तुलनामा ४०.५६ प्रतिशतले आफ्नो व्यवसाय बढाउन सफल भएको छ । त्यस्तै, दोस्रोमा नेशनल इन्स्योरेन्सले १२.३४ प्रतिशतले व्यवसाय बढाएको छ । गत वर्षको जेठसम्म ९० करोड ७५ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको नेशनल इन्स्योरेन्सले यस वर्षको जेठसम्म १ अर्ब १ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

त्यस्तै, प्रभु इन्स्योरेन्सले पनि ११.१५ प्रतिशतले व्यवसाय बढाएको छ । गत आवको जेठ महिनासम्म १ अर्ब ४० करोड रुपैयाँ प्रिमियम संकलन गरेको सो कम्पनीले यस अवधिसम्म १ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

यसका साथै सानिमा जिआइसीले ८.२४ प्रतिशत, नेको इन्स्योरेन्सले ८.०३ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६.४० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.६६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ५.२४ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०२ प्रतिशत र शिखर इन्स्योरेन्सको २.८५ प्रतिशतले व्यवसाय बढेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीसहित चारवटा कम्पनीको भने व्यवसाय गत आवको तुलनामा घटेको छ । सर्वाधिक आरबीसीएलकै ३२.३१ प्रतिशतले घटेको छ । 

गत आवको जेठ महिनासम्ममा २ अर्ब २६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको सो कम्पनीले यस वर्षको सो अवधिसम्म १ अर्ब ५३ करोड रुपैया मात्रै प्रिमियम संकलन गरेको छ । त्यस्तै, युनाइटेड अजोडको २४.१४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८.६८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशतले व्यवसाय घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.