सोमबार, जेष्ठ ४,२०८३ 09:28:35
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:28:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमहरुको लघुबीमा व्यवसाय ७३.३०% ले खस्कियो, लघु बीमकको व्यवसाय भने आक्रामक बन्दै

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमहरुको लघुबीमा व्यवसाय ७३.३०% ले खस्कियो, लघु बीमकको व्यवसाय भने आक्रामक बन्दै
Shivam Cement

काठमाण्डौ । लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला निर्जीवन बीमकहरुको लघुबीमा व्यवसाय ७३.३० प्रतिशतले घट्न पुगेको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये हाल ११ वटा कम्पनीले लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् ।  

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ७३.३० प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा व्यवसायमार्फत ६ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

लघुबीमा कम्पनीहरु सञ्चालनमा आउन थालेपनि ठूला कम्पनीहरुले लघुबीमालेख बिक्रीबाट भित्र्याउने व्यवसाय नै घट्न पुगेको छ ।  

हाल चारवटा निर्जीवन लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स । जेठ महिनाको अन्त्यसम्म चार निर्जीवन लघुबीमा कम्पनीले २३ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएको क्षेत्रमा बीमाको पहुँच पुगोस भन्ने मुख्य उद्देश्यका साथ लघुबीमाको लाइसेन्स बाँडेको थियो । प्राधिकरणका अनुसार ठूला बीमकहरुले प्राधिकरणको निर्देशनअनुसार लक्ष्य पुरा गर्न नसक्दा लघुबीमा व्यवसाय गर्नकै लागि लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरिएको थियो ।  

प्राधिकरणले लघुबीमा कम्पनी स्थापनाको लागि बाटो खुलाउँदै गत वर्ष भदौ ६ गते लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेको थियो ।  

निर्देशिका अनुसार पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने कम्पनीले चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने उल्लेख छ ।

Bizshala
New Office
CG Motors

यस्तै संस्थापकको पनि न्युनतम ५१ प्रतिशत शेयर हुनुपर्ने निर्देशिकामा व्यवस्था छ । लघु बीमा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

प्राधिकरणले लघुबीमाको लाइसेन्स बाँडेपछि ठूला बीमकहरुको केही प्रतिशत भएपनि ब्यवसाय हिस्सा खोसिएको छ । लघुबीमा कम्पनीहरुले पनि सञ्चालनमा आएदेखि नै आक्रामक रुपमा व्यवसाय बढाउँदै लगेका छन् । यता ठूला कम्पनीहरुको यस्तो बीमालेख बिक्रीमा नै संकुचन देखिन थालेको छ ।  

लघुबीमा व्यवसाय गर्दै आएका ११ वटा ठूला निर्जीवन बीमा कम्पनीमा हाल १९ हजार २३२ वटा लघुबीमालेख सक्रिय छन् । यता ४ वटा लघुबीमा कम्पनीमा भने सो अवधिसम्म १ लाख ४ हजार २७९ वटा बीमालेख सक्रिय छन् ।  

यसर्थ ग्रामिण एवं दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफु र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडिबुटीलगायतको बीमा गरी जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्न लाइसेन्स बाँडेको प्राधिकरणको लक्ष्य केही हदसम्म पुरा भएको छ ।  

लुघबीमा कम्पनीहरुमा सर्वाधिक नेपाल माइक्रो इन्स्योरेन्सले ८ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, दोस्रोमा प्रोटेक्टिभ इन्स्योरेन्सले ७ करोड ४९ लाख रुपैयाँ, तेस्रोमा स्टार माइक्रोले ५ करोड ३७ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले २ करोड २० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.