मंगलवार, जेष्ठ ५,२०८३ 03:50:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:50:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुगाटीले लञ्च गर्यो अहिलेसम्मकै विशेष कार, १८ सय हर्सपावरसहित यस्ता छन् फिचर्स र मूल्य

Laxmi Sunrise Bank Limited
बुगाटीले लञ्च गर्यो अहिलेसम्मकै विशेष कार, १८ सय हर्सपावरसहित यस्ता छन् फिचर्स र मूल्य
Shivam Cement

काठमाण्डौ । पावरफुल र तीव्र गतिका कार निर्माण गर्नका लागि प्रख्यात फ्रान्सेली लक्जरी कार निर्माता कम्पनीले बुगाटीले नयाँ कार लञ्च गरेको छ । कम्पनीले बुगाटी टुरबिलियन नामक नयाँ लक्जरी कार लञ्च गरेको हो ।  

आकर्षक लुक्स र दमदार इन्जिनले सुसज्जित यो कार विभिन्न कारणले विशेष देखिएको छ । यो कारमा कयौं यस्ता फिचर्सहरु दिइएका छन्, जसले यसलाई अनौठो र विशेष बनाएको छ ।  

सबैभन्दा पहिले यो कारको नाम ‘टुरबिलियन’को कुरा गरौं । टुरबिलियन घडिहरुको दुनियाको मेकानिज्मबाट प्ररित छ । यस्तो घडि जुन पारदर्शी हुने गर्छ र यसको भित्रको मेकानिज्म वा घुमिरहेको मेशीनहरु सजिलै देख्न सकिन्छ ।  

नयाँ कारले रेसर्सहरुको नामबाट कारको नामाकरण गर्ने बुगाटीको पुरानो परम्परामा पूर्णविराम लागेको छ । कारको क्यारेक्टरका आधारमा यसको नाम टुरबिलियन राखिएको छ । कम्पनीले यो कारमा पनि केहि यस्ता कम्पोनेन्टहरु प्रयोग गरेको छ, जसले कारको रोटेशन अर्थात घुम्ने प्रवृतिलाई बाहिरबाटै देख्न सकिन्छ ।  

यो कारमा कम्पनीले विशेष प्रकारको स्टेरिङ ह्वील प्रदान गरेको छ । यो स्टेरिङ ह्वीलमा नै स्पीडोमिटर लगाइएको छ । तथापी ड्राईभिङको क्रममा स्टेरिङ ह्वील त घुम्छ तर यो स्पीडोमिटर भने एकै ठाउमा फिक्स रहन्छ ।  

Bizshala
New Office
CG Motors

यो कारमा अन्य कारमा जस्तो डब्लु१६ इन्जिनको साटो ८.३ लिटर क्षमताको नेचेरल एस्पिरेटेड भी१६ इन्जिन दिइएको छ । जसले १ हजार हर्सपावर जेनेरेट गर्न सक्छ । यसका साथै यो एन्जिनलाई ३ वटा भिन्न इलेक्ट्रिक मोटरसँग पनि जोडिएको छ । जसमा २ वटा मोटर अघि र एउटा मोटर पछाडितर्फ रहेको छ । यो इलेक्ट्रिक मोटरले अतिरिक्त ८०० एचपी पावर जेनेरेट गर्छ । यसको इन्जिनको तौल २५६ किलो रहेको छ । यसले केवल २ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ । त्यस्तै ५ सेकेण्डमा २ सय किमी,१० सेकेण्डमा ३ सय र २५ सेकेण्डमा ४ सय किमि प्रतिघण्टासम्मको गति लिन सक्छ ।  

यो कारको गति प्रतिघण्टा ४०० किलोमिटर रहेको छ । यसको मूल्य ४.०६ मिलियन डलर रहेको छ । कम्पनीले यो कारको डेलिभरी सन् २०२६ देखि गर्न सक्ने जनाइएको छ । सुरुवातमा यो कारको २५० युनिटमात्रै निर्माण गरिनेछ । -एजेन्सी 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.