बुधबार, जेष्ठ ६,२०८३ 12:06:41
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:06:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै

Laxmi Sunrise Bank Limited
भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै
Shivam Cement

काठमाण्डौ । भारतको बढ्दो अर्थतन्त्रप्रति अन्तराष्ट्रिय बीमा कम्पनीहरु आकर्षित हुन थालेका छन् । निकट भविष्यमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अधिक सम्भावना,सबैभन्दा ठूलो काम गर्ने उमेरको जनसंख्या,उदाउँदो अर्थतन्त्रमध्ये सबैभन्दा धेरै मध्यम वर्ग भएको देश र बीमाको बढ्दो बजारका कारण भारत अन्तराष्ट्रिय बीमा कम्पनीहरुको नजरमा पर्न थालेको हो ।  

यस्तोमा स्विट्जरल्याण्डको अग्रेणी बीमा कम्पनीले ज्यूरिख रिले भारतमा ४० प्रतिशत कर्मचारी वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ । भारतको कोटाक महिन्द्रा बैंकको जनरल इन्स्योरेन्स युनिटलाई समाहित गरेको कम्पनीले आगामी ३ वर्षभित्र ६ सय कर्मचारी थप्ने योजना बनाएको हो ।  

‘ज्यूरिख रि भारतजस्तो महत्वपूर्ण र आकर्षक बजारमा व्यवसाय विस्तार गर्न आतुर छ’, कम्पनीको एशिया प्यासेफिकका सीईओ तुलसी नाइडुले भनिन् । भारतमा व्यवसायिक,साना तथा मझौला  व्यवसाय,एस्स्योरेन्स,अटो र जनरल इन्स्योरेन्स क्षेत्रमा वृद्धिको सम्भावना रहेको उनले बताइन् । नाइडु भन्छिन्,‘भारतको जनरल इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्नेदर बाँकी विश्वको तुलनामा एक चौथाई रहेको छ । हामीले यहाँ डिजिटल प्रविधिको विकाससँगै बीमाको सहज पहुँच देखेका छौं ।’

Bizshala
New Office
CG Motors

ज्यूरिख रिले ६६६ मिलियन डलरमा कोटक जनरल इन्स्योरेन्स कम्पनीको ७० प्रतिशत स्वामित्व खरिद गरेको छ । अन्तराष्ट्रिय बीमकहरुका लागि सन् २०२१ मा निर्धारण गरिएको लगानीको सीमा हटाइएपछि गत साता ज्यूरिख रि भारत प्रवेश गर्ने पहिलो विदेशी बीमा कम्पनी बनेको थियो ।  

अहिले भारतमा कम्पनीका १५ सय कर्मचारी कार्यरत छन् । कम्पनीले आगामी दिनमा डिजिटल विकास,व्यवसायिक बीमा अन्डरराईटिङ तथा वितरण र प्रडक्ट विकास जस्ता क्षेत्रमा कर्मचारी थप गर्ने योजना बनाएको छ । ज्यूरिख रि एशिया प्यासेफिक क्षेत्रका ८ वटा बजारमा सक्रिय रहेको छ । सन् २०२३ मा कम्पनीले यो क्षेत्रबाट ३.६ बिलियन डलरबारबरको जनरल इन्स्योरेन्स व्यवसाय र २.९ बिलियन डलरबराबरको जीवन बीमा प्रिमियम संकलन गरेको थियो । एशिया प्यासेफिक क्षेत्रमा कम्पनीको सञ्चालन मुनाफा ५६५ मिलियन डलर रहेको छ । –एजेन्सी  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X