मंगलवार, जेष्ठ ५,२०८३ 04:46:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:46:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक

Laxmi Sunrise Bank Limited
कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक
Shivam Cement

काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये जेठ महिनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘कुमारी सबल योजना’ ले सर्वाधिक लगानीको दायरा बढाएको छ ।  

कम्पनीले वैशाख महिनाको तुलनामा ५१.९१ प्रतिशतले लगानी थपेको छ । वैशाखमा उक्त म्युचुअल फण्डले सेयरबजारमा २२ करोड २६ लाख रुपैयाँ लगानी गरेकोमा जेठ महिनामा ३३ करोड ८२ लाख रुयैयाँ लगानी बढाएको छ ।  

यसर्थ कम्पनीले विभिन्न कम्पनीहरुमा गरेको लगानीको सम्पत्ति मूल्य ११ करोड ५६ लाख रुपैयाँ बृद्धि गरेको छ । वैशाख महिनाको तुलनामा जेठमा सेयरबजारमा केही सुधार देखिएको थियो । नेपाल राष्ट्र बैंकको खुकुलो मौद्रिक नीति समिक्षाले गर्दा लगानीकर्ताहरुमा उत्साह थपिई बजार केही प्रतिशत बढ्न पुगेको थियो ।  

दोस्रो बजारमा म्युचुअल फण्डहरुको करोडौं लगानी हुने भएकाले बजारमा उतारचढाव आउँदा फण्डहरुको नाफा, न्याभ र लगानीको अवस्थामा नै फेरबदल आउन सक्छ । जेठ महिनामा केही दिन बजार बढ्दा सबै म्युचुअल फण्डहरुको न्याभ बृद्धि हुन पुगेको छ । साथै केही फण्डहरुले बजारमा लगानी पनि थपेका छन् ।  

जेठमा सर्वाधिक कुमारी सबल योजनाले लगानी थपेको देखिन्छ । लगानी बृदिदरको आधारमा कुमारी सबल योजना नै अघि देखिएको छ । फण्डले तीनवटा वाणिज्य बैंक, दुई विकास बैंक, तीन लघुवित्त संस्था, सातवटा बीमा कम्पनी, दुई उत्पादत तथा प्रशोधन कम्पनी, तीन हाइड्रोपावर र तीन लगानी कम्पनी गरी कुल २३ वटा कम्पनीमा लगानी गरेको छ ।  

जसमध्ये फण्डले २० वटा कम्पनीमा गरेको लगानीको कित्ता संख्या समेत बढाएको छ । सेयर संख्या बढाउँदा सो फण्डको सम्पत्ति मूल्य ५१ प्रतिशतले बढ्न पुगेको हो ।  

Bizshala
New Office
CG Motors

चालु आवको जेठ महिनासम्ममा सो फण्डले २३ वटा कम्पनीको ७ लाख ७१ हजार ८३६ कित्ता सेयरमा लगानी गरेको छ । यो लगानी अघिल्लो महिनाको तुलनामा ४३.९६ प्रतिशत बढी हो । वैशाखमा फण्डले २१ कम्पनीको ५ लाख ३६ हजार १४५ कित्ता सेयरमा लगानी गरेको थियो । यसर्थ कम्पनीले एक महिनाको दौरानमा कुल २ लाख ३५ हजार ६९१ कित्ता सेयरमा लगानी थपेको छ ।  

जेठ महिनामा फण्डले दुईवटा कम्पनी अपि पावर कम्पनी र सिटिजन लाइफ कम्पनीको सेयरमा लगानी थपेको छ । अपि पावरको कुल ४२ हजार २२२ कित्ता सेयर र सिटिजन लाइफको १९ हजार ५५८ कित्ता सेयरमा लगानी गरेको छ ।  

त्यस्तै, सर्वाधिक हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)को सेयरमा लगानी थपेको छ । वैशाखमा सो कम्पनीको कुल १ लाख ४७ हजार ७० कित्ता सेयरमा लगानी रहेकोमा जेठ महिनामा २० हजार ४०० कित्ता सेयर थपेर कुल १ लाख ६७ हजार ४७० कित्ता सेयरमा लगानी गरेको छ ।  

त्यस्तै, दोस्रोमा शिवम् सिमेन्ट्सको सेयरमा पनि कुल २० हजार ८१ कित्ता सेयर थप गरेको छ भने बीमातर्फको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १९ हजार कित्ता सेयर थपेको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.