बुधबार, जेष्ठ ६,२०८३ 12:13:19
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:13:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा सीमित, अन्य प्रदेशमा कति ?

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा सीमित, अन्य प्रदेशमा कति ?
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ४४.०५ प्रतिशत व्यवसाय भित्र्याएका छन् ।  

नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म जीवन बीमकहरुले बागमती प्रदेशबाट मात्रै १ करोड ९४ लाख ४७१ वटा बीमालेख बिक्री गरी कुल ५८अर्ब ९२करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

बागमतीबाट उठेको प्रिमियम रकम जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको ४४ प्रतिशत हिस्सा हो । जीवन बीमा कम्पनीहरुले सबै प्रदेशबाट १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणले सबै प्रदेशमा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत बढाउने विभिन्न प्रयास गरेपनि सफल हुन सकेको छैन । जीवन बीमकहरुको आधा जसो व्यवसाय बागमती प्रदेशमा निर्भर हुँदा बीमाको दायरा समेत बढ्न सकिरहेको छैन ।  

Bizshala
New Office
CG Motors

प्राधिकरणले अन्य प्रदेशमा समेत बीमामा आबद्ध हुने जनसंख्या प्रतिशत बढाउन विभिन्न खालका रणनीतिहरु अपनाउँदै आएको छ । प्राधिकरणले विभिन्न स्थानीय निकायहरुसँगको समन्वयमा बीमा सचेतनामूलक कार्यक्रम र बीमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । तर नेपालको कुल जनसंख्यामध्ये आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा पर्न सकेको छैन ।  

बीमाको दायरा बढाउन प्राधिकरणले यस वर्षमात्रै लघुबीमाको लाइसेन्स वितरण गरेको छ । जसअनुसार हाल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । स्थानीय तहमा गई सर्वसाधारणको बीमा गराउने अभिप्रायले लाइसेन्स बाँडेपनि त्यस्ता क्षेत्रको बीमाको दायरा बढ्न नसकेको तथ्याङ्कले देखाएको छ ।  

बागमती प्रदेशपश्चात् बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट व्यवसाय भित्र्याएका छन् । सो प्रदेशबाट ९ लाख ९४ हजार ९३७ वटा बीमालेख बिक्री गरी २१ अर्ब ९ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन यो कुल व्यवसायको १५.७७ प्रतिशत हिस्सा हो ।  

यसका साथै कोशी प्रदेशबाट पनि जीवन बीमकहरुले १२.१७ प्रतिशत व्यवसाय भित्र्याएका छन् । सो प्रदेशबाट कम्पनीहरुले ११ लाख ५३ हजार ४७४ वटा बीमालेख बिक्री गरी १६ अर्ब २७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

त्यस्तै, गण्डकी प्रदेशबाट ५ लाख ३८ हजार ७४९ वटा बीमालेख बिक्री गरी १३ अर्ब ६५ करोड, मधेश प्रदेशबाट ५ लाख ८६ हजार ४१४ वटा बीमालेख बिक्री गरी १२ अर्ब ११ करोड, सुदूरपश्चिम प्रदेशबाट ५ लाख १९ हजार ८ वटा बीमालेख बिक्री गरी ८ अर्ब ८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट २ लाख २ हजार ५६९ वटा बीमालेख बिक्री गरी ३ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X