सोमबार, असार २,२०८२ 10:34:35
  • सोमबार, असार २,२०८२ 10:34:35
Global IME Bank Limited

आयात र निर्यात दुवैमा कमी, १.७% ले घट्यो व्यापार घाटा

Hyundai Nepal
आयात र निर्यात दुवैमा कमी, १.७% ले घट्यो व्यापार घाटा
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा कुल वस्तु निर्यातमा ३.० प्रतिशतको कमी आएको छ । जेठ मसान्तसम्म १३खर्ब ९ अर्ब २६ करोडबराबरको वस्तु आयाता भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो ।  

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी,अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई रु.१४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु.१३१४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.