शनिबार, असार ७,२०८२ 02:22:43
  • शनिबार, असार ७,२०८२ 02:22:43
Global IME Bank Limited

विश्वकै धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विहेमा ५००० करोड खर्च

Hyundai Nepal
विश्वकै धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विहेमा ५००० करोड खर्च
Nabil Bank Limited

काठमाण्डौ। विश्वकै धनाढ्य मध्येका एक व्यक्ति मुकेश अम्बानीले आफ्नो हरेक समारोह भव्य रुपमा बनाउँछन्। यतिबेला उनका कान्छो छोरा अनन्तले राधिका मर्चेन्टसँग विवाह गरेका छन्। शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो।

जन्ती शुक्रबार साँझ ४ः३० बजे एन्टिलियाबाट निस्किएको थियो र जियो वर्ल्ड सेन्टर पुगेको थियो। विवाह स्थलमा पुगेपछि प्रियंका चोपडा, शाहरुख खान, सलमान खान, रजनीकान्त, पहलवान जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपूर लगायत धेरै सेलेब्रिटी नाचेका थिए। 

CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रममा श्रेया घोषाल, सोनु निगम लगायत धेरै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए।

उनले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिएका थिए। पार्टीमा पूर्व विश्व नेता, प्रबिधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड) का सुप्रसिद्ध कलाकारसहित एक हजार २०० जनाको अतिथि सूची र प्रख्यात गायिका रिहानाको प्रस्तुति समावेश थियो।

यो केवल उनीहरूको महिनौं लामो भव्य विवाहपूर्व समारोहको सुरुवात थियो। यसले विश्वका प्रसिद्ध पत्रपत्रिका तथा अनलाइनमा समाचारको मुख्य समाचारको स्थान पाएको थियो। सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो।

मे महिनामा, अम्वानी परिवारले तीन दिने समारोहका अवसरमा अतिथिहरूलाई सुविधासम्पन्न पानीजहाजमा इटालीदेखि फ्रान्ससम्मको यात्रामा लगेको थियो। डेभिड गुएटाको डीजे सेट, केटी पेरीको सुप्रसिद्ध गीत ‘फायरवर्क’ र पिटबुलको प्रदर्शनको साथ यसलाई भव्य साङ्गीतिक माहोलबीच अन्त्य गरिएको थियो।  

उनान्तीस वर्षीय अनन्त अम्बानीले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएपछि यसको तयारीमा गरिएको विवाहपूर्वको पार्टी र उत्सवले निकै चर्चा पाएको थियो। 

फोब्र्स पत्रिकाका अनुसार दुलहाका पिता ६६ बर्षीय मुकेश अम्बानी हाल ११६ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका नवौँ धनी व्यक्ति हुन्। उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन्।

उनको पेट्रोकेमिकल्स, र तेल र ग्याँस देखि दूरसञ्चार र खुदरासम्मको सेवाबाट वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने रिलायन्स इन्डष्ट्रिज एक विशाल व्यावसायिक समूह हो।

अम्बानी परिवारको अन्य सम्पत्तिका अलावा मुम्बईमा एन्टिला नामक २७ तले निजी अपार्टमेन्ट छ। यसको मूल्य मुम्बईमा एक अर्ब अमेरिकी डलर छ । यसमा तीनवटा हेलिप्याड, १६० कारको ग्यारेज, निजी सिनेमा हल, स्विमिङ पुल र फिटनेस सेन्टर छन्।

विवाहमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, पूर्व यूपी मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत भारत र विदेशका २ हजारभन्दा बढी सेलिब्रेटी र नेताहरु सहभागी भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्ना छोराको विहेमा ५००० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ।

यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ सय करोड भारु खर्च भएको थियो।

ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान नै बनाएकी थिइन्। 

जबकि बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुस्का शर्माको विवाहको कूल खर्च ९०–९५ करोड भारु थियो।

यसअघि प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दा १५ करोड भारुको लुगा लगाएर सबैलाई चकित बनाएकी थिइन् । बलिउड महँगो विवाहका लागि चिनिन्छ। 

तर, बलिउडका शीर्ष पाँच विवाहमा लागेको खर्च बराबर अम्बानीले एउटै विवाहमा खर्च गर्ने भएका छन्। 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.