मंगलवार, जेष्ठ ५,२०८३ 10:45:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:45:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रटेल पेमेन्ट स्वीचबाट आर्थिक बर्ष २०८०/८१ मा ५७ खर्बको कारोबार

Laxmi Sunrise Bank Limited
रटेल पेमेन्ट स्वीचबाट आर्थिक बर्ष  २०८०/८१ मा ५७ खर्बको कारोबार
Shivam Cement

काठमाण्डौ। आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत रु.५७ खर्बको कारोबार भएको छ। 

पछिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको  कारोबारमा क्रमशः ४९% र ३८% ले बृद्धि भएको हो।

Bizshala
New Office
CG Motors

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरु RPS मार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रमअत्याधिक बृद्धि हुँदै गएको छ।

यस अन्तर्गत बैंक/वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवा प्रदायकहरुका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्गबाट हुने व्यव्स्था रहेको छ। 

उक्त निकायहरुलाई RPS मा नेशनल पेमेन्ट इन्टरफेस मार्फत इन्टिग्रेट गरिएको छ। फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट,भुक्तानी,नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा प्रोसेस हुने गरेको छ।

एनसी एचएलका सञ्चालनमा रहेका च्यानल प्लेयाट्फर्महरु जस्तै बैंक/वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस,संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत RPS बाट नै प्रोसेसिङ्ग हुने गरेको छ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागु गर्न एनसी एचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको छ। 

रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेटबीच ट्रान्स्फर, सरकारी कारोबार, सेवा बापतको भुक्तानी, मोबाईल नम्बरको आधारमा ट्रान्स्फर, भुक्तानी, नेटवर्कबीच अन्तर आबद्धता,ई–कमर्शको लागि पेमेन्ट गेटवे, लगायतका भुक्तानी उपकरणहरुमा उपलब्ध रहेका छन्। 

सोही माध्यमबाट क्रस बोर्डर भुक्तानीहरु समेत गर्न सकिने गरी प्रणालीको विकास भई केहि देशहरुमा कारोबार सञ्चालनमा आउने चरणमा रहेको छ। RPS मा हाल ५२ बैंक/वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवा प्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन्।

नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तर आबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन अन्तर्गत नेशनल कार्ड स्वीचको जडान कार्य समेत हुँदै गरेको छ।

थप जानकारीका लागि  www.nchl.com.np मा जानुहोस्।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X