सोमबार, जेष्ठ ४,२०८३ 12:40:19
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:40:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ताले कर्जा लिएरै किन्न थाले सेयर, भन्छन् ‘अब त बेच्नै भएन’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ताले कर्जा लिएरै किन्न थाले सेयर, भन्छन् ‘अब त बेच्नै भएन’
Shivam Cement

काठमाण्डौ । सधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । पछिल्लो समय सेयर बजारमा एकाएक रौनक छाएको छ । दैनिक सेयर बजारमा १५ अर्बमाथिको कारोबार हुन थालेको छ । ब्रोकर हाउसहरुमा पनि भिडभाड हुन थालेको छ । लगानीकर्ताहरु डिस्प्ले रुपमा नअटेर वेटिङ रुममा पनि बस्न थालेका छन् ।  

झरीकोको प्रवाह नगरी ब्रोकर हाउसहरु लगानीकर्ताले खचाखच भरिन थालेका छन् । त्यसैगरि, क्लब हाउसहरुमा पनि सेयर बजारको विषयमा छलफल गर्ने लगानीकर्ताको उपस्थिती बढ्न थालेको छ । पहिले २/४ सय लगानीकर्ता उपस्थित हुने क्लबहाउस प्लेटफर्ममा अहिले ७/८ सय लगानीकर्ता भेला हुन थालेका छन् । लगानीकर्ताहरुले फेरी शुक्रबार पनि कारोबार हुनुपर्ने माग गर्न थालेको सुनिन्छ । यति मात्रै नभएर पछिल्लो समय सेयर बजारमा चमक आउन थाले पछि सार्वजनिक यातायात, चिया पसल, चोक र सार्वजनिक भेलास्थलमा समेत सेयर गफ हुन थालेको छ । सेयर बजारका बारेमा जानकारी नभएका आम मानिसहरुमा पनि यतिबेला बजारको विषयमा उत्सुकता छाएको छ । लगानीकर्ताको मुहारमा हाँसो र चमक आउन थालेको छ । यी सबै विषय वस्तुहरुलाई नियाल्दा सेयर लगानीकर्ताहरुमाझ  अहिले साउने हिलोमा नै दशैं आएको भान हुन थालेको छ ।  

ग्राउण्ड जिरोको क्रममा आज हामी राजधानीका केही ब्रोकर हाउस पुगेको थियौं । आज हामीले यात्राको थालनी ज्ञानेश्वरस्थित सुमेरी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९)बाट गर्ने निधो गर्यौं । बिहान ११ बजे नपुग्दै हामी यस ब्रोकरमा पुग्दा लगानीकर्ताहरुको भिड लागिसकेको थियो । लगानीकर्ताहरु ठाटिएर ब्रोकर हाउस आउन थालेका थिए ।  

Bizshala
New Office
CG Motors

ब्रोकरहाउसमा फोनका घण्टी निरन्तर बज्दै थिए । बजार केही अंकले तलमाथि गर्दै थियो । यत्तिकैमा एक जना कालो झोला भिरेका र कालै चस्मा र क्पापमा सजिएका लगानीकर्ताको नमस्कार गर्दै  ब्रोकर हाउसमा प्रवेश भयो । उनलाई ब्रोकर हाउसमा पहिले नै बसेका लगानीकर्ताले निकै समयपछि आउनु पछाडिको कारण सोधे । ‘धरै समयपछि आउनु भयो त ? कता हराउनु भाको थियो ?’ उनले हातका औंला देखाउँदै भने ‘लौ हेर्नुस्, ल्याप्चे लगाएर आइयो । अब बैंकको कर्जा खाने हो सेयर किन्ने हो । अहिले नकिने कहिले किन्ने ? ती लगानीकर्ताले हौसिदै भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले पूँजीको हिसाबले विकास बैंक , निर्जिवन बीमा र लघुवित्तको सेयरले आउने बुलमा राम्रै फड्को मार्ने आँकलन गरे ।  

केही समयको बसाईपछि हामी क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यो ब्रोकरहाउस लगानीकर्ताले खचाखच भरिएको थियो । लगानीकर्ताहरु सेयर कारोबार गर्न मस्त देखिन्थे । केही लगानीकर्ता प्राविधिक चार्ट हेर्दै बजार धेरै दिन बढेको कारण सानो तिनो करेक्सन आउन सक्ने पनि अनुमान गर्दै थिए । ‘बजारमा करेक्सन आए बजार दिगो नै हुन्छ । करेक्सनले बजार मजबुत भएर माथी नै जान्छ ।’ भिडबाट एक लगानीकर्ताको आवाज सुनियो । यसै ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ताले बजारमा इन्ट्रा डे करेक्नस आएको कारण केही दिन अझै करेक्नस नआउने दाबी गरे ।  

केही समयपछिको बसाई पछि हामी श्री कृष्ण सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको भिड थामि नसक्नु थियो । बजार निरन्तर उकालो लागिरहेको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘आफूले त सेयर बेचियो । बजार बढेको बढ्यै छ । बजार ३ हजार पनि पुग्ने सक्ने सम्भावना छ भन्छन् । हामीसँग भएको सेयर पनि बेचेरै सकिने जस्तो छ । अब त सेयर बेच्नै भएन ।’  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.