शनिबार, जेष्ठ २,२०८३ 06:49:28
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:49:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताकै उच्च विन्दु नजिक, लगानी उठ्ने सम्भावना कति ?

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताकै उच्च विन्दु नजिक, लगानी उठ्ने सम्भावना कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमा १२ जीवन, १२ निर्जीवन र दुई पुनर्बीमा कम्पनी रहेका छन् ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुई पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्स भने अन्य समूहमा रहेको छ ।  

पछिल्लो समय सेयरबजारमा रौनक छाउन थालेको छ । नेप्से परिसूचक २९ महिनापछि फेरी २५ सयको विन्दुमाथि उक्लिएको छ । बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेका छन् । सेयरबजारमा ठूलो रकम भित्रिएको छ ।  

सूचीकृत कम्पनीहरुको सेयरभाउ फेरी विस्तारै २५ हप्ताकै हाई लेभलमा पुग्न लागेको छ । २०७८ साल भदौ महिनामा नेप्से परिसूचक ३२ सयको विन्दुमा पुगेको थियो । त्यो समयमा लगानी गर्न सेयरबजार छिरेका अधिकांश लगानीकर्ताहरु फसेका छन् ।  

नेप्से इन्डेक्स ३२ सयको विन्दुमा पुग्दा अधिकांश कम्पनीको सेयरभाउ समेत हाइ मूल्यमा पुगेको थियो । त्यसयता बजारमा वियरीस ट्रेन्ड सुरु भएलगत्तै अधिकांश लगानीकर्ताको लगानी बजारमा फसेको थियो ।  

दुई वर्षपछि मार्केटमा फेरी बुलिस ट्रेन्ड आएको छ । लगानीकर्ताहरुमा उत्साह थपिएको छ । त्यो समयमा आफ्नो लगानी फसेका लगानीकर्ताहरुले लगानी उठाउन थालेका छन् । मुख्यतः बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा लगानी गरेकाहरुको रकम फसेको थियो । बीमा कम्पनीका सेयरभाउ अहिलेको बुलिस टे«न्डपछि ५२ हप्ताकै उच्च भाउमा करिब करिब पुग्न थालेको छ ।  

जीवन बीमा भन्दा पनि निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताको हाई विन्दुमा पुग्न थालिसकेको छ । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले लगभग आफ्नो लगानी उठाइसकेका छन् । बजार जानकारहरुका अनुसार सेयरबजारमा जीवन भन्दा निर्जीवन बीमा कम्पनीहरुमा बढी लगानीकर्ताको आकर्षण छ ।

Bizshala
New Office
CG Motors

पछिल्लो समय बजारमा लो क्याप भएका कम्पनीहरु बढी चल्ने गरेका छन् । यसर्थ पनि जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी न्यून छ । लगानीकर्ताहरुले लो क्याप भएका कम्पनी चलाउँदा निर्जीवन बीमा कम्पनीहरु रोजाईमा पर्नु स्वभाविक हो । चुक्तापुँजी थोरै भएका कारण पनि जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढी छ ।  

नेप्सेको फ्लोरसिटअनुसार निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ विगत ५२ हप्ताको हाई सेयरमूल्य नजिक पुगेको छ । नेप्सेमा सूचीकृत १२ वटै निर्जीवन बीमाको सेयरभाउ ५२ हप्ताको हाई नजिकै देखिदा त्यो समय लगानी डुबेका लगानीकर्ताको लगानी उठ्ने निश्चित छ ।  

निर्जीवन बीमा कम्पनीहरुमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अन्तिम सेयरभाउ ५२ हप्ताकै हाई मूल्यमा पुगिसकेको छ । नेप्से उच्च विन्दुमा पुग्दा कायम गरेको कम्पनीको सेयरभाउ ६१९.८० रुपैयाँ आजको अन्तिम मूल्य पनि यहि मूल्य कायम भएको छ ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक सेयरभाउ रहेको राष्ट्रिय बीमा कम्पनीको पनि करिब करिब ५२ हप्ताकै हाई मूल्यमा पुग्न लागेको छ । यता सेयरबजारमा चर्चामा आउने नेपाल इन्स्योरेन्सको सेयरभाउ पनि ५२ हप्ताकै हाई मूल्यमा पुग्न ४.२० प्रतिशत मात्रै बढ्न बाँकी छ ।  

जीवन बीमा कम्पनीहरुमा भने सिटिजन लाइफको सेयरभाउ करिब ५२ हप्ताकै हाई मूल्यमा पुगिसकेको छ । हाई मूल्यमा पुगेको कम्पनीको सेयरभाउ ६०० थियो भने अन्तिम सेयरभाउ भने ५९९ रुपैयाँ रहेको छ । यसर्थमा पनि त्यो सिटिजन लाइफमा लगानी गरेका लगानीकर्ताको लगानीले रिटर्न पाउने बढी सम्भावना छ ।  

पछिल्लो केही दिनयता बजारले बुलिस ट्रेन्ड समातेको छ । बजार अझै केही दिन बढ्ने हो भने अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताको हाई मूल्यमै पुग्ने देखिन्छ । साथै बजारले यसरी नै लय समात्ने हो भने लगानीकर्ताहरुले यसअघि गरेको लगानी उठ्ने सम्भावना बढी देखिन्छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.