आईतवार, असार १,२०८२ 11:26:18
  • आईतवार, असार १,२०८२ 11:26:18
Global IME Bank Limited

एक वर्षमा आयो ६४ अर्ब बढी वैदेशिक लगानीको प्रतिबद्धता, कुन देशबाट सर्वाधिक ?

Hyundai Nepal
एक वर्षमा आयो ६४ अर्ब बढी वैदेशिक लगानीको प्रतिबद्धता, कुन देशबाट सर्वाधिक ?
Nabil Bank Limited

काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) प्रतिबद्धता आएको छ । एक वर्षको अवधिमा ५२ देशबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता भएको हो ।  

सबेभन्दा धेरै लगानीको प्रतिबद्धता चीनबाट भएको छ । चीनले २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता गरेको छ । त्यस्तै केम्यान टापुहरुबाट १३ अर्ब १० करोड रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको छ । तेस्रो स्थानमा कोरियाबाट १२ अर्ब ९६ करोडको लगानीको प्रतिबद्धता आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै भारतबाट ३ अर्ब ५ करोड रुपैयाँ, अष्ट्रेलियाबाट ३ अर्ब ४ करोड रुपैयाँ, अमेरिकाबाट १ अर्ब ७५ करोड, बेलायतबाट १ अर्ब ४९ करोड, सिंगापुरबाट १ अर्ब ४५ करोड र स्पेनबाट ५२ करोड रुपैयाँबराबरको प्रतिबद्धता आएको छ ।  

यसैगरी भियतनामबाट ३० करोड, श्रीलंकाबाट २२ करोड २५ लाख, जापानबाट २० करोड ३० लाख, नेदरल्याण्डबाट १८ करोड ४४ लाख र बंगलादेशबाट १८ करोड रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । यो अवधिमा सबैभन्दा कममा टर्की, नर्वे, इटाली, डेनमार्क, पाकिस्ता, आयरल्याण्डलगायत २१ मुलुकबाट प्रति मुलुक २ करोड रुपैयाँबरारबको लगानीको प्रतिबद्धता आएको छ ।  

यसअघि आर्थिक वर्ष २०७१/०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

गत आर्थिक वर्ष नेपालमा कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । तर १ अर्ब ८० करोड ७३ लाख रुपैयाँबराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ रहेका छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.