बिहीबार, असार ५,२०८२ 09:54:56
  • बिहीबार, असार ५,२०८२ 09:54:56
Global IME Bank Limited

सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न

Hyundai Nepal
सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाली भाषामा सञ्चालन हुने विश्वकै पहिलो टोस्टमास्टर्स क्लब ‘सगरमाथा टोस्टमास्टर्स क्लब’को १००औं बैठक सम्पन्न भएको छ । गत साउन ४ गते शुक्रबार काठमाण्डौको यल्लो पागोडा होटलमा १००औं बैठक सम्पन्न भएको हो ।  

१०० औं बैठकमा मुख्य वक्ताको रूपमा टोस्टमास्टर्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ४१ की निर्देशक विशिष्ट टोस्टमास्टर मून प्रधान र विशेष वक्ताको रूपमा अभिनेत्री तथा सगरमाथा टोस्टमास्टर्स क्लबकी सदस्य नीति शाहको उपस्थिति रहेको थियो ।  

बैठकको सुरूवातमा क्लबका उपाध्यक्ष शिक्षा रितेश उपाध्यायले बैठकको नियम बारे जानकारी दिदै क्लबको उद्देश्य प्रकाश पारेका थिए ।  

 क्लबका अध्यक्ष अध्यात्म सुवेदीको अध्यक्षतामा सुरू भएको बैठकको सञ्चालन सगरमाथा टोस्टमास्टर्स क्लब निवर्तमान अध्यक्ष शमिर उपाध्यायले गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

१००औं बैठकको अवसरमा क्लबले नेपाली भाषाको महत्त्वको विषयमा प्यानल संवाद समेत गरेको थियो । जसमा वक्ताको रूपमा सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक अध्यक्ष अनिल केशरी शाह, नेपाली भाषा विज्ञ शरच्चन्द्र वस्ती, सञ्चारकर्मी तथा राजनीतिज्ञ सरिताश्री ज्ञवाली र आर्थिक अभियान दैनिकका प्रधानसम्पादक मदन लम्साल रहेका थिए । प्यानल संवादको सहजीकरण क्लबका उपाध्यक्ष जनसम्पर्क कमल केसीले गरेका थिए ।  

बैठकमा आफ्नो मन्तव्य राख्दै विशिष्ट टोस्टमास्टर मून प्रधानले नेपालमा काम गर्न नेपाली भाषा जान्न आवश्यक रहेको र त्यसका लागि सगरमाथा टोस्टमास्टर्समा आवद्ध हुन आग्रह गरेकी थिइन् ।  

यस्तै अभिनेत्री नीति शाहले चलचित्र उद्योमा प्रवेश गरेपछि नेपाली भाषाको महत्त्व बुझेको र नेपालीमा आत्मविश्वासका साथ बोल्न सगरमाथा टोस्टमास्टर्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको बताएकी थिइन् ।  

प्यानल संवादमा बोल्दै क्लबका संस्थापक अध्यक्ष अनिल केशरी शाहले अंग्रेजी भाषा जान्नु नै विज्ञ हुनु नभएको बताउँदै नेपाली भाषा र नेपालीपनलाई जोगाउन सगरमाथा टोस्टमास्टर्स जस्ता क्लब मेचीदेखि महाकालीसम्म फैलिनुपर्नेमा जोड दिएका थिए ।  

त्यसैगरी नेपाली भाषा विज्ञ शरच्चन्द्र वस्तीले नेपाली संस्कृति र पहिचान जोगाउन नेपाली भाषाको संरक्षण महत्त्वपूर्ण भएको बताएका थिए ।  

त्यस्तै पत्रकार मदन लम्सालले नेपाली भाषा ह्रदयको भाषा भएको बताए ।  

साथै प्यानल संवादमा बोल्दै सञ्चारकर्मी तथा राजनीतिज्ञ सरिताश्री ज्ञवालीले नेपाली भाषा आफैले जोगाउनु पर्ने र अरू कोही आएर नजोगाइदिने बताएकी थिइन् ।  

सगरमाथा टोस्टमास्टर्स क्लब विसं २०७९ साल बैशाख १ गते स्थापना भएको थियो । नेपाली भाषामा सञ्चार र नेतृत्व कलाको विकास गर्ने उद्देश्यसहित स्थापना भएको क्लबले प्रत्येक हप्ताको बुधबार साझँ ६ बजेदेखि ब्लूबर्ड मल त्रिपुरेश्वरमा बैठक सञ्चालन गर्दै आएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.