सोमबार, जेष्ठ ४,२०८३ 08:22:49
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:22:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेटवर्थ घटेर रु. ७७ मा आएको कम्पनीमा खेलाडी पस्दा ५० रुपैयाँको सेयर पुग्यो रु. १७०० नजिक

Laxmi Sunrise Bank Limited
नेटवर्थ घटेर रु. ७७ मा आएको कम्पनीमा खेलाडी पस्दा ५० रुपैयाँको सेयर पुग्यो रु. १७०० नजिक
Shivam Cement

काठमाण्डौ । बुल सुरु भएको ठानिएको सेयर बजारमा खराब अवस्थाका कम्पनीहरुको मूल्य चलखेल गरी बढाउने क्रम जारी छ । यो क्रममा केही व्यापारिक घराना निकट समूहले नियोजित र नियमित रुपमा कर्नरिङ गर्दै तीव्र गतिमा मूल्य बढाएको अर्को एउटा कम्पनी हो हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमीटेड ।  

यो कम्पनीले ५० रुपैयाँ दरका आईपीओ निश्कासन गरी दोश्रो बजारमा सूचीकृत भएको हो । सूचीकृत भएको छोटो समयमै ५० रुपैयाँ दरका सेयरको मूल्य नियोजित रुपमा बढाएर निकै माथि पुर्याइएको छ । 

Bizshala
New Office
CG Motors

यो कम्पनीका पछिल्ला वित्तीय विवरण उत्साहजनक छैनन् । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीको प्रतिसेयर नेटवर्थ ७७.६२ रुपैयाँ मात्र छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी ३.८९ रुपैयाँ रहेको छ । प्रतिसेयर सम्पत्ति मूल्य १०३ रुपैयाँ रहेको छ ।  

वित्तीय रुपमा निकै कमजोर रहेको हाथ्वेकै सञ्चालक लेभलका अधिकारीहरुले बजारमा नियोजित रुपमा सेयरमूल्य ७००० सम्म पुर्याउने भन्दै चलखेल गरेका भेटिएको छ । यो कम्पनीको उच्च व्यवस्थापनका मानिसहरुले बजारका लगानीकर्ताहरुमा चौथो त्रैमासको निकै राम्रो रिपोर्ट आउने भन्दै सर्टटर्ममा २००० रुपैयाँ माथि पुर्याउने र लङटर्ममा प्रतिकित्ता रु. ७००० सम्म पुर्याउने भन्दै कर्नरिङ गरेको देखिन्छ । बजारमा चौथो त्रैमासको राम्रो रिपोर्ट आउने हल्ला फैलाएर ठूला लगानीकर्ताहरुले नै नियोजित रुपमा यो कम्पनीको सेयर कर्नरिंग गरिरहेका छन् ।  

यो कम्पनीले ५० रुपैयाँ दरका २ करोड ५७ लाख ४० हजार कित्ता सेयर बजारमा सूचीकृत गराएको छ । हाल यो कम्पनीको सेयरमूल्य १७०० प्रतिकित्ता नजिक पुगेको छ । यसरी हेर्दा कम्पनीको आईपीओ मूल्यको तुलनामा ३४०० प्रतिशतले मूल्य बढाएर १७०० नजिक पुर्याइएको छ ।  

यो कम्पनीको सेयर २०२३ को अक्टोबर ११ देखि दोश्रो बजारमा कारोबार सुरु भएको देखिन्छ । यसरी हेर्दा ९ महिनाको अवधिमा कम्पनीको सेयरमूल्य आईपीओको तुलनामा ३४ गुणाले बढिसकेको छ ।  

यो ९ महिनाको अवधिमा सरसर्ती हेर्दा कम्पनीको वित्तीय अवस्थामा भने सेयरमूल्य बढेजस्तो कुनै चमात्कारिक प्रगति भएको छैन । जस्तो, दोश्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५१ पैसाले ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ८३.४० रुपैयाँ थियो । दोश्रोभन्दा तेश्रो त्रैमासमा आइपुग्दा प्रतिसेयर नेटवर्थ उल्टो घटेको देखिन्छ ।  

यसरी महत्वपूर्ण सूचकमा खासै परिवर्तन नभए पनि खेलाडीहरुले तीव्र चलखेल गरी हाथ्वेको सेयरमूल्य रकेटको गतिमा उडाएका छन् ।  

हुन त पछिल्लो समय बढ्दो बजारमा नेगेटिभ नेटवर्थ भएका, न्यून इपीएस भएका कम्पनीहरुमै खेलाडीहरुले खेलोफड्को गरिरहेका छन् । चलखेल गरी यस्ता कम्पनीको मूल्य बढाउने र सर्वसाधारणलाई फसाएर आफू उक्सिने प्रवृति अन्य कमजोर कम्पनीहरुमा पनि देखिएको छ ।  

यसरी दोश्रो बजारमा खुलेआम लूटधन्दा भइरहँदा समेत नियामक धितोपत्र बोर्ड मौन रहेको छ । यहाँका अधिकारीहरु अध्यक्ष नभएको बाहाना बनाउँदै कारबाहीको भागिदार बनाउनुपर्ने खेलाडीहरुलाई समेत आर्थिक प्रभावमा परी उन्मुक्ति दिने गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.