बुधबार, श्रावण ६,२०८३ 01:17:52
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:17:52
Bizshala
Global IME Bank Limited

सरकारबाट बाहिरिने बेला प्रचण्डले वितरण गरे एक करोड २३ लाखभन्दा बढी रुपैयाँ

सरकारबाट बाहिरिने बेला प्रचण्डले  वितरण गरे एक करोड २३ लाखभन्दा बढी रुपैयाँ
New Office

काठमाण्डौ। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने बेला आर्थिक सहायताका नाममा एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ वितरण गरेको जनाएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उनले  उक्त रकम २०८१ असार महिनामा वितरण गरेको हो।

अर्थ मन्त्रालयका अनुसार प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०/०८१ को (२०८० साउनदेखि २०८१ जेठसम्म) पहिलो ११ महिनामा आर्थिक सहायताका नाममा  दुई करोड ५१ लाख ९५ हजार ९३५ रुपैयाँ वितरण गरेका थिए।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्ड नेतृत्व सरकारले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो। त्यसपछि गत असार ३१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.