बिहीबार, असार ५,२०८२ 07:03:35
  • बिहीबार, असार ५,२०८२ 07:03:35
Global IME Bank Limited

कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण

Hyundai Nepal
कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण
Nabil Bank Limited

काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  

नियमिततर्फ २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२.९१ प्रतिशत हुन आउँछ । कक्षा १२ को परीक्षामा कुल ३ लाख ८५ हजार ६३२ सहभागी भएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१ लाख ८७ हजार २१ विद्यार्थी विद्यार्थी एनजीमा परेका छन् । जसमा छात्र ४७ प्रतिशत र छात्रा ४९ प्रतिशत रहेका छन् । परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र र १ लाख ९६ हजार ५ सय जना छात्रा सहभागी थिए । कुल छात्रमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परेका छन् भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरेका छन् ।  

कुल छात्रामध्ये ९५ हजार ५ सय ४ जना एनजीमा परेका छन् भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।

परीक्षामा सहभागी हुने छात्र भन्दा छात्राको संख्या बढि थियो । दुई बिषयसम्म नन्ग्रेडिङमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । दुई भन्दा बढी बिषयमा एनजीमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै बार्षिक परीक्षामा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.