आईतवार, जेष्ठ ३,२०८३ 09:44:23
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:44:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार

Laxmi Sunrise Bank Limited
प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  

बैंकले गत आवको चौथौ त्रैमाससम्ममा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले २८ करोड २ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

Bizshala
New Office
CG Motors

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा १२ अर्ब २ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको १० अर्ब ६ करोड रुपैयाँको तुलनामा १९.४३ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत १ अर्ब ९१ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि १०३.१६ प्रतिशतले बढेर १४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।  

बैंकले कर्मचारीका लागि ४ अर्ब ७६ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको खर्च गरेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १ अर्ब २३ करोड रहेको छ । बैंकको रिजर्भको आकार १६.१४ प्रतिशतले बढेर ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ र लाभांश क्षमता दर ५.३० प्रतिशत रहेको छ । 

बैंकको खराब कर्जा अनुपातमा सामान्य कमी आएको छ । अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.७८ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानीमा उछाल आएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्ममा १.१९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर १९.०३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.६० गुणा र तरलता अनुपात ३४.३९ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.