बुधबार, असार १८,२०८२ 11:13:47
  • बुधबार, असार १८,२०८२ 11:13:47
Global IME Bank Limited

५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....

Hyundai Nepal
५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....
Nabil Bank Limited

काठमाण्डौ । अन्तिम मिनेट जहिले पनि रोचक हुन्छ । चाहे त्यो फिल्म होस्, खेल वा सेयर बजार नै किन नहोस् । अझ पछिल्लो समय नेपालको सेयर बजारमा त जे हुन्छ अन्तिम मिनेटमै हुन्छ भन्ने भाष्य स्थापित हुन थालेको छ ।  

सोमबारको सेयर कारोबार पनि अन्तिम मिनेट भने निकै रोचक देखियो । दिनभर सामान्य अंकले तलमाथि गरेर चलेको सेयरबजार अन्तिम एक मिनेटमा रोचक तरिकाले करिब १५ अंकले बढाइयो । यसरी अन्तिम समयमा राम्रै चलखेल गर्ने अरु कोही नभएर लामो समयदेखि नेपालको सेयरबजारमा चलखेल गर्न खप्पीस, खुलेआम इन्साइडर ट्रेडिङ गर्दा पनि छुट पाइरहने भाग्यमानी ब्रोकर अर्थात नासा सेक्युरिटिज हो । 

CG Motors
Muktinath Bikas Bank Limited

नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८)बाट आज नेपाल टेलिकमको सेयरमा २–४ कारोबारमा नै ५० रुपैयाँ भन्दा बढीले सेयरको मूल्य उचाल्ने काम भयो । ५८ नम्बर ब्रोकरको चलखेलले सेयरको मूल्य मात्रै बढेन आज बजार नै दोहोर अंकले उक्लियो ।  

सेयर कारोबार यस्तै रहस्यमय हुने भएकोले धूर्त लगानीकर्ताहरु अन्तिम समयसम्म सेयर बजारमा कारोबार हेरेर बस्ने गर्छन । संयोगवश, आज नेपाल टेलिकमको २० औं बार्षिकोत्सव पनि थियो । यही अबसर पारेर सेयरको भाउ माथि उठाउने खेल नासाले खेल्यो ।  

एक लगानीकर्ता टेकेन्द्र थपलियाले भोलि ५० रुपैयाँ महङ्गोमा हजारौं कित्ता सेयर बेच्न पाइयो भने नाफैं हुने ठानेर अन्तिम मिनेटमा खेल्ने काम भएको बताए ।  

यस्ता खेलहरुमा सोझा लगानीकर्ता फस्ने नै हुन् । थपलियाले थपे–‘किनकि धेरै लगानीकर्ताहरु दिनभर बजार हेरेर बस्दैनन् । धेरैलाई यस्तो फुर्सद नै हुँदैन । तर क्लोजिङ मार्केट, कारोबार र सूचक मात्रै हेर्छन ।’  

उनले पटक पटक बजारमा यस्तो खेल हुने गरे पनि नियामक रमिते मात्र बन्दै आएको छ । खुलेआम चलखेल, इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि बग्रेल्ती हुँदा पनि कसैले चासो नदिंदा नासाजस्ता धुरन्धर खेलाडीहरु हौसिइरहेका लगानीकर्ता बताउँछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.