बुधबार, जेष्ठ ६,२०८३ 04:08:22
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:08:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था छैन : पूर्वअर्थमन्त्री महत

Laxmi Sunrise Bank Limited
सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था छैन : पूर्वअर्थमन्त्री महत
Shivam Cement

काठमाण्डौ। नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन सक्ने अवस्था नरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था नरहेको बताएका हुन्।

Bizshala
New Office
CG Motors

उनले सेयर बजार केही चलखेल गर्ने लगानीकर्ताले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएको बताए।

कुनैपनि संस्थाको नाफा तथा बिजनेस विस्तारविना नै बजार मूल्य डबर ट्रिपल भएको भन्दै  यसप्रति सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ।

कतिपय संस्थाको भाउ अस्वभाविक रुपमा बढिरहेको र केही व्यक्तिले कम्पनीको सूचनामा पहुँच राखेर त्यसको दुरुपयोग गर्ने गरेको बताए।

मौद्रिक नीति कहिले चाहिनेभन्दा लचक, कहिले चाहिनेभन्दा कसिलो आउने गरेकाले समस्या आउने गरेको  महतको भनाइ छ।

जसका कारण आम लगानीकर्ता त्यसमा फस्ने परिस्थिति हुन सक्ने भएकाले सेयर बजारमा अस्वभाविक मूल्य बढेका कम्पनीमा गम्भीर रुपमा ध्यान दिनुपर्ने उनले बताए ।

यस्तै,नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेदेखि नै जनमानसमा विश्वास र भरोसा बढेको उनको दाबी छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X