बुधबार, जेष्ठ ६,२०८३ 03:29:29
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:29:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास

Laxmi Sunrise Bank Limited
विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास
Shivam Cement

काठमाण्डौ। भारत, अमेरिका, जापान,दक्षिण कोरिया हङकङसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट देखिएको छ। सोमबार ती बजार ठूलो दरमा घटेका हुन्। अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिकासहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको छ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ। अमेरिकामा रोजगार वृद्धिदर अपेक्षाभन्दा न्यून भएपछि त्यसले थप मन्दीको संकेत जनाएको भन्दै विश्लेषण भइरहेको छ। सोमबार भारतीय बजारको बीएसई सेन्सेक्स २.७१ प्रतिशत अर्थात् २२२२ अंक घटेको छ। 

Bizshala
New Office
CG Motors

सो गिरावटपछि बीएसई सेन्सेक्स ७८७५९ मा झरेको छ। त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० पनि २.६८ प्रतिशत घटेको छ। ६६२ अंक घटेर निफ्टी ५० सूचक २४०५५ मा झरेको छ।

अमेरिकी डो जोन्स शुक्रबार ३.३ प्रतिशत घटेको छ। १२७४ अंक घटेर डो जोन्स ३९६०० सय नजिक झरेको छ। सोमबार पनि कारोबार भइरहँदा यो घट्ने क्रममा निरन्तरता देखिएको छ। यो सूचक ३ प्रतिशत घटेर ३८६४८ मा छ।

त्यस्तै एस एन्ड पी–५०० फ्युचर पनि शुक्रबार ४.६ प्रतिशत घट्यो। सोमबार पनि यो घट्ने क्रममा निरन्तरता देखिएको छ । यो सूचक ४.१ प्रतिशत घटेर ५१४९ मा झरेको छ।

नास्डाक १०० फ्युचर शुक्रबार ६ प्रतिशत घट्यो । सोमबार पनि कारोबार भइरहँदा यस सूचकमा गिरावट जारी छ। जापानी स्टक मार्केट निक्की सोमबार १२.७९ प्रतिशत घटेर ३१४५८ मा कायम भएको छ।

त्यसैगरी दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ। सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ। तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ। यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ।

त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ। बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ। जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो। शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्युयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ।

विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा समेत गिरावट आएको छ। विश्वका धनीहरुको सूचीमा परेका अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट आएको हो। जसमा मस्कदेखि बेजोसलाई धेरै घाटा लागेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X