शनिबार, जेष्ठ २,२०८३ 04:00:27
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:00:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

Laxmi Sunrise Bank Limited
उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी
Shivam Cement

काठमाण्डौ । नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुबीच बहुपक्षीय समझदारी भएको छ । 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवद्र्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि  र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुले बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

Bizshala
New Office
CG Motors

उक्त राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता र सिबिफिनका संस्थापक अध्यक्ष पवन कुमार गोल्यान, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको आतिथ्यतामा सम्पन्न भएको हो ।  

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, गाउँगालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल बिजनेस इन्ष्टिच्युटका अध्यक्ष विशाल गैरे, नेपाल लघुबित्त बैंकर्स संघका अध्यक्ष रामबाबु यादव र फेडरेसन अफ नेपाल एक्सपोटर्स एसोसिएसन (एनएफईए)का उपाध्यक्ष देविका बुढाथोकी गरी ८ संस्थाका प्रतिनिधिले उक्त बहुपक्षीय समझदारीमा हस्ताक्षर गरेका छन् । । साथैे डेभलपमेन्ट बैंकर्स संघ नेपाल, नेपाल वित्तीय संस्था संघ र होटेल संघ नेपाल हस्ताक्षरको प्रक्रियामा रहेका छन् ।  

हस्ताक्षर कार्यक्रममा बोल्दै योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । नेपाली मौलिक उत्पादनको आधुनिकिकरण÷व्यवसायीकरण गर्न आवश्यक रहेको बताउँदै उनले गरिब, विपन्न र पिछडिएका घरपरिवारहरुको वित्तीय पहुँच बढाउन र गाउँगाउँमा आर्थिक गतिविधिहरुलाई बढवा दिन यस्ता कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गर्दै योजना आयोगको सदैव साथ र सहयोग रहने बताए ।

सिबिफिनका संस्थापक अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सके मात्र देशको दिगो आर्थिक विकास सम्भव हुने बताए । कृषिप्रधान देश नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर भई कृषि उपजको निर्यातमार्फत देशको अर्थतन्त्र बलियो बनाउन लाग्नुपर्नेमा उनको जोड थियो । द

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत  गाउँगालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल लघुबित्त बैंकर्स संघका अध्यक्ष रामबाबु यादव र फेडरेसन अफ नेपाल एक्सपोटर्स एसोसिएसन (एनएफईए)का उपाध्यक्ष देविका बुढाथोकी, डेभलपमेन्ट बैंकर्स संघका कार्यकारी सदस्य कपिल ढकाल र नेपाल वित्तीय संस्था संघका महासचिव उद्धवराज थपलिया लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.