बिहीबार, श्रावण १५,२०८२ 10:20:42
  • बिहीबार, श्रावण १५,२०८२ 10:20:42
Global IME Bank Limited

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा सम्पन्न,६ जना सञ्चालक निर्विरोध चयन

Hyundai Nepal
प्रोग्रेशिभ फाइनान्सको साधारण सभा सम्पन्न,६ जना सञ्चालक निर्विरोध चयन
Shivam Cement

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  

संस्थाले अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा यहि माघ २२ गते साधारण सभा सम्पन्न गरेको हो ।  

उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८÷७९मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरु बारे जानकारी दिएका थिए ।

यसका साथै सभाले आर्थिक वर्ष २०७८÷७९को वित्तीय अवस्थाको विवरण, नाफा÷नोक्सानविवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफलपश्चात पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९÷८० का लागि  बाह्य लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभाले आगामी चार वर्षका निम्ति ६ सदस्यीय सञ्चालक समितिको निर्विरोध रुपमा चयन गरेको छ । सञ्चालकका रुपमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिशमहर्जन चयन भएका छन्  ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.