शुक्रबार, जेष्ठ १,२०८३ 10:01:52
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:01:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेरुडे मिर्मिरे लघुवित्तको नाफामा ६७२% को उछाल, ईपीएस ६२.४८ रुपैयाँ पुग्यो

Laxmi Sunrise Bank Limited
नेरुडे मिर्मिरे लघुवित्तको नाफामा ६७२% को उछाल, ईपीएस ६२.४८ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । मर्जरमा गएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको  चौथो त्रैमाससम्म ४४ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६७२.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी १३८.१२ प्रतिशतले बढ्दै १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ । यस्तै लाभांश क्षमता ३.७८ प्रतिशत पुगेको छ ।  

Bizshala
New Office
CG Motors

संस्थाले कर्मचारीका लागि ५१ करोड ६१ लाख र अन्य सञ्चालनका लागि १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।    

यो अवधिसम्म संस्थाको निक्षेप संकलन बढेको छ । अघिल्लो आवसम्म ३ अर्ब ४६ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६ अर्ब १४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले २० अर्ब १४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १० अर्ब ५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।    

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात ६.६० प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ५.०५ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ७.९१ रुपैयाँबाट बढेर ६२.४८ रुपैयाँको उचाईमा पुगेको छ । यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ११.५३ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३७.४८ रुपैयाँ र तरलता अनुपात १२.६९ प्रतिशत कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.