बुधबार, असार १८,२०८२ 09:59:32
  • बुधबार, असार १८,२०८२ 09:59:32
Global IME Bank Limited

सुन झै बढ्दैछ लसूनको भाउ, किन यति धेरै उचालियो ?

Hyundai Nepal
सुन झै बढ्दैछ लसूनको भाउ, किन यति धेरै उचालियो ?
Nabil Bank Limited

काठमाण्डौ । भारतका केही प्रमुख शहरहरुमा लसूनको मूल्य होस उड्ने गरी बढिरहेको छ । नेपालमा समेत भारतीय लसून उपलब्ध हुँदै आएकोमा अचाक्ली मूल्य बढेपछि आयात लगभग ठप्प जस्तै बनेको छ ।  

भारतमा आलूप्याजको मूल्य लगातार घटिरहेको, तर लसूनको मूल्य चाहिँ सुनको मूल्य झै दैनिकजसो बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

कोलकातादेखि अहमावादसम्म लसूनको मूल्य बढेर प्रतिकेजी ४५० देखि ५०० भारुसम्म पुगेको छ । यो मूल्य भनेको नेपाली रुपैयाँ ८०० हो । अर्थात भारतमा एककेजी लसूनको मूल्य प्रतिकेजी ८०० रुपैयाँ पुगेको छ ।  

भारतमा लसूनको मूल्यमा १५ दिनको अवधिमा यति ठूलो बढोत्तरी भएको हो । किनभने यो अवधिमा २०० भारुसम्म उपलब्ध भइरहेको लसूनको मूल्य अधिकतम ५०० भारुसम्म पुगेको हो ।  

देशमा यो वर्ष लसूनको उत्पादन घटेका कारण जाडोमा बढी माग हुने हुँदा बजार भाउमा आगो लागेको विज्ञहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा जनाइएको छ ।  

केही महिनाअघि भारतीय बजारमा प्याजको मूल्यमा अचाक्ली वृद्धि हुँदा उपभोक्ताको बजेट प्रभावित भएको थियो । तर, अहिले प्याजको मूल्य निकै तल आइसकेको छ । अब लसूनको बढ्ने पालो आएको र यो मूल्य बढेर अझै कति माथि पुग्ने हो, त्यो टुंगो नभएको कृषि बजारका विज्ञहरुले बताएका छन् ।  

नेपालमा कति छ मूल्य ?

नेपालमा आन्तरिक रुपमा उत्पादन भएको लसूनको मूल्य महंगो भइसकेको छैन । हरियो नेपाली लसूनको मूल्य बजारमा प्रतिकेजी अधिकतम ११६ रुपैयाँ रहेको छ ।  

सुकेको चाइनिज लसूनको मूल्य भने बढेर प्रतिकेजी रु. ३६० पुगिसकेको छ ।  

सुकेको चाइनिज लसूनको मूल्य नेपालमा १५ दिनअगाडि प्रतिकेजी २५० रुपैयाँ मात्र थियो ।  

यस्तै, हरियो नेपाली लसूनको मूल्य पनि १५ दिन अगाडि ९५ रुपैयाँ प्रतिकेजीमा सीमित थियो ।  

नेपालमा पनि लसूनको मूल्यमा लगातार बढोत्तरी भइरहेको देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.