बुधबार, जेष्ठ ६,२०८३ 04:18:37
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:18:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने

Laxmi Sunrise Bank Limited
तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने
Shivam Cement

काठमाण्डौ। स्विट्जरल्यान्डमा वर्षौँसम्म स्वीस सेनाले यी तालहरूलाई पुराना युद्ध सामग्रीहरूलाई मिल्काउने ठाउँका रूपमा प्रयोग गरेको थियो। जुन ती सामग्रीहरू त्यहाँ सुरक्षित हुन्छन् भन्ने लागेको थियो। लेक लुसर्नमा मात्रै करिब ३,३०० टन अस्त्रहरू भएको अनुमान गरिएको छ। सन् २०२१ सम्म स्वीस वायु सेवाले बम खसाल्ने अभ्यास गरेको नर्साटेलमा ४,५०० टन त्यस्ता सामग्री भएको बताइन्छ।

कतिपय त्यस्ता युद्ध सामग्री १५० देखि २२० मिटर गहिराइमा छन्। तर लेक नर्साटेलमा कतिपय सामग्री जम्मा ६ वा ७ मिटर गहिराइमा रहेका छन्। अहिले स्वीस रक्षा मन्त्रालयले ती सामग्रीलाई बाहिर निकाल्ने सबैभन्दा उत्कृष्ट अवधारणालाई पुरस्कार बापत ५० हजार स्वीस फ्र्याङ्क अर्थात् ७७ लाख २५ हजार नेपाली रुपैयाँ भन्दा बढी रकम उपलब्ध गराउने जनाएको छ।

उत्कृष्ट तीन अवधारणाले उक्त पुरस्कार राशिलाई बाँड्ने भनिएको छ। तर ती सामग्रीहरू तालबाट बाहिर निकाल्ने कार्यका लागि अर्बौँ लाग्न सक्ने ठानिएको छ।

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X